सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

उदयपुर : पर्यटकिय क्षेत्र विस्तारका लागि उदयपुरको रौतामाई गाउँपालिकाले पहिलोपटक सुनकोसी नदीमा र्‍याफ्टिङको सफल परीक्षण गरेको छ। पर्यटकलाई आकर्षित र थप मनोरञ्जन दिन र्‍याफ्टिङलाई नियमितता दिने उद्देश्यले मंगलबार परीक्षण गरिएको हो।

रौतामाई गाउँपालिका ५ फोक्सीन्टार र खोटाङ जिल्लाको सिमाना हुँदै बग्ने सुनकोसी नदीमा जलयात्राको परीक्षण गरिएको हो। गोर्खा विड कुरिनघाटबाट आएको र्‍याफ्टिङ टोलीले सुनकोसी नदी किनारमा पर्ने फोक्सिनटारदेखि त्रियुगा नगरपालिका १४ धाप्लाङसम्म जलयात्राका लागि परीक्षण गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। 

७ किलोमिटर दुरी रहेको यो क्षेत्र र्‍याफ्टिङबाट १ घण्टा ३० मिनेट लागेको र्‍याफ्टिङ चालक मनि सुनवारले बताए। पहिलोपटक भएकाले नदीको अवस्था, त्यसको सम्भाव्यता र नियमितताका सवालमा अध्ययन गर्दै आएकाले समय धेरै लागेको बताए। उनले सामान्य अवस्थामा पनि १ घण्टामा यो दुरी पार गरिने बताए।

अर्का चालक दावा तामाङ्गले भने टुरिजमका लागि दूरी छोटो भएको बताए। उनले भने, 'पर्यटक धेरैभन्दा धेरै रमाउन खोज्छन् यो दूरी छोटो भयो, त्यसैले रसुवादेखि ल्याउने हो भने उपयुक्त हुन्छ।'परीक्षणका लागि दुईवटा र्‍याफ्टिङ झिकाइएको अध्यक्ष खड्काले बताए । २ मध्ये एउटा ९ जना क्षमता रहेको र अर्को उद्धारका लागि सँगसँगै हिड्ने र्‍याफ्टिङको परीक्षण गरिएको उनले बताए। 

परीक्षण टोलीले फोक्सिन्टारदेखि धाप्लाङसम्म र्‍याफ्टिङका लागि राम्रो क्षेत्र रहेको निष्कर्ष निकालेको छ। र्‍याफ्टिङका लागि कुनै जोखिम नरहेको परीक्षण गर्न आएको टोलीले जानकारी दिएको अध्यक्ष खड्काले बताए। भन्छन्, 'परीक्षणमा सफल भएकाले पर्यटकीय क्षेत्रको विकास र व्यवसायिक विकास गर्ने गरी गाउँपालिकाका लागिपरेको छ।'


 र्‍याफ्टिङमा रमाउँदै नगरपालिकाको टोली। 

उदयपुरको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल रौतामाई दर्शन गर्न आएका झक्तजनलाई रौतामाईको सुनकोसी फेदीमा पर्ने फोक्सिनटारदेखि सुनसरीको वरहाक्षेत्र, चतरा धार्मिक स्थलसम्म जोड्ने गरी नियमित सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष खड्काको भनाइ छ।

र्‍याफ्टिङलाई नियमितता दिनसके पर्यटन विकास तथा जलयात्राबाट स्थानीयलाई समेत छिटो छरितो तरिकाले सेवा विस्तार गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी दिए। गाउँपालिका भित्रको पर्यटन क्षेत्रको विकास र पर्यटकको गन्तव्यस्थल बनाउन र्‍याफ्टिङले सघाउ पुर्‍याउने उनले बताए। 

परीक्षणकाक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, २ नम्बर वडाध्यक्ष खविन्द्र रास्कोटी, व्यवसायी डेविट बस्नेत, त्रियुगा उद्योग बाणिज्य संघका सचिब दिनेश श्रेष्ठ, पत्रकार इश्वर मगर, अप्सरा समालले यात्रा गरेका थिए।

जिल्लाका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी ऐतिहासिक, धार्मिक तथा पर्यटनको सम्भावना बोकेको रौतामाई पर्यटकका लागि उपयुक्त गन्तव्यस्थल मानिने जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई बताउँछिन्।

गाउँपालिकाले पर्यटकीय हवको रुपमा विकास गर्न विभिन्न निकायसँग समन्वय गरी त्रियुगा नगरपालिका १० बेलदोभानदेखि प्रशिद्ध धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीसम्म केवलकार विस्तारका लागि विस्तृत सर्वे सुरु गरिसकेको अध्यक्ष खड्काले बताए। 
उनले भने, 'त्रियुगा नगरपालिकासँग समन्वय र सहकार्य गरी निजी क्षेत्रलाईसमेत लगानी गर्ने गरी वृस्तित सर्बेको काम भईरहेको छ, त्यसपछि बजेटको खोजी गरी आफ्नो कार्यकालमा केवलकार विस्तार गरिसक्ने लक्ष्य लिएको छु।'

भन्छन्, 'केवलकारबाट रौतापोखरी पुग्ने, त्यसपछि चर्चित ओडारे झर्ना हुँदै जिल्लाको सबैभन्दा उच्च स्थान माझखर्कसम्मको यात्रापछि सुनकोसी नदीमा झरेर र्‍याफ्टिङ गर्दै प्रसिद्ध तिर्थयात्रा वरहा क्षेत्रमा निस्कने गरी पर्यटकीय यात्राको तय गर्दैछौ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.