२५ क्विन्टल मटर बरामद

२५ क्विन्टल मटर बरामद

भैरहवा : नेपालबाट भारततर्फ तस्करी गर्नका लागि राखिएको मटर प्रहरीले बरामद गरेको छ।भारतमा मटरको मूल्य महंगो भएकाले तेस्रो मुलुकबाट सस्तो मूल्यमा नेपालमा आयात भएको मटर तस्करले देशको विभिन्न नाकाबाट भारततर्फ तस्करी गर्दै आएका छन्। नेपालमा हुने खपत भन्दा कयौँ गुणा बढी मटर तेस्रो मुलुकबाट नेपालमा आयात भइरहेको छ। जुन भारतमा तस्करी हुँदै आएको छ।

तस्करी नियन्त्रणमा कडाई गर्दै आएको रुपन्देही प्रहरीले यहाँको नाकाबाट पनि तस्कले मटर तस्करीको सूचना पाएपछि निगरानी गर्दै आएको थियो। मर्चवारी गाउँपालिका १ स्थित पचपुरवामा डम्प गरेको २ हजार ५ सय ५० किलो (५१ बोरा) केराउ मटर बरामद गरेको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए।

उनका अनुसार हालसम्म बरामद केराउ मटर कसैले जिम्मा लिएको छैन।बरामद मटर भैरहवा भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.