चिलिमे भवन निर्माण विवादमा
काठमाडौं : वर्षको सय मेगावाट बराबरको विद्युत् आयोजना निर्माण गर्न सक्ने आर्थिक हैसियत भएको चिलिमे जलविद्युत् कम्पनीले काठमाडौंस्थित आफ्नो मुख्यालय बनाउन गरेको प्रयास विवादमा परेको छ। उक्त भवन बने छिमेकीका घरलाई असरपर्ने भन्दै विरोध भएको छ। उसले छिमेकीको सहमतिबिनै घर निर्माण प्रक्रिया अघि बढाएपछि विवाद उत्पन्न भएको हो।
धुम्बाराहीस्थित प्रेम बस्तीमा सँगै बनेको एक होटेलले छिमेकी घर चर्काएको थाहा पाउँदापाउँदै चिलिमेले आपूmहरूको सहमति नलिएको भन्दै असन्तुष्टि जनाएका छन्। अहिले चिलिमेले बनाउन लागेको भीमकाय बिल्डिङले आडैमा रहेका चारवटा घर असुरक्षित हुने उनीहरूको दाबी छ।
गत कात्तिाकमै महानगरपालिकाले चिलिमेको भवन निर्माणको सबै प्रक्रिया पूरा भएको भन्दै १५ दिने सूचना टाँस गरेको थियो। सूचना आएपछि आफूहरूलाई उक्त भवन निर्माणबाट पर्ने मर्का र जोखिमसहितको विषयमा गुनासो राखेको पीडित स्थानीय बीए शर्माले बताए। उनका अनुसार चिलिमेले छिमेकीको सहमति बिनै १२५ फिट अग्लो भवन बनाउँदै छ। यो भवन बनाउँदा शर्माको श्रीमतिको बिनु गौतमको नाममा रहेको ७ आना क्षेत्रफलमा बनेको अढाई तले घर छ। उनका छिमेकी त्रय डा. प्रेमबहादुर थापाको९ आनाको साढे दुई तले, धनराज भँडेलको ७ आनाको साढे तीन तले र रीता थापाको ७ अना ३ दाम क्षेत्रफलमा बनेको दुई तले घर जोमिममा परेको दाबी गरेका छन्।
चिलिमेले भवन बनाउँदा आफ्ना घर जोखिममा पर्ने र दुई तलासम्म बेसमेन्ट बनाउने गरी जमिन खोतल्दा घर भासिनसक्ने भन्दै असहमत रहेको शर्माको भनाइ छ। उनले भने ‘यस अघि चिलिमेले निर्माणाधिन भवन क्षेत्रसँगै जोडिएको आत्मा होटल निर्माण गर्दा पनि एउटा घर प्रभावित भएको थियो। उक्त घर स्थानीयको बिरोधपछि होटलले नै किनेर समस्या समाधान गरेको उनले बताए।
चिलिमे भवन पीडित बनाउने चारवटा घरले पनि आफ्ना घर चिमिलेले खरिद गर्नुपर्ने सर्त अगाडि सारेका छन्। जोखिम मोलेर साना घरसँगै जोडिएर बन्ने ठूलो भवनले दिने त्रास र जोखिमका कारण स्थानीय त्रसित भएको पनि शर्माको बुझाइ छ। चारवटा घर प्रभावित हुने गरी चिलिमेले भवन बनाउँदा स्थानीयको घरको मोल नदिइ जग्गाको मोल मात्रै राखेर प्रतिआना एक कारोडमा बिक्री गर्न पनि तयार रहेको उनिहरूको भनाइ छ। चिलिमेले आफ्ना घर खरिद नगर्ने हो भने स्थानीयले सोही मोलअनुसार चिलिमे निर्माणाधीन भवन क्षेत्र प्रतिआना एक करोडमै किन्न आफूहरू तयार रहेको दाबी शर्माको छ। चिलिमेले ८६ आना क्षेत्रफलमा भव्य महल ठड्याउने योजना अगाडि बढाएको छ।
यो भवन निर्माणका विषयमा चिलिमे जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले भने स्थानीयको गुनासोको विषयमा छलफल भइरहेको बताए। चिलिमे पब्लिक कम्पनी भएको र यसले बनाउने भवन व्यापारिक प्रयोजनको निम्ति नभएकोले स्थानीयको असन्तुष्टिका बीचमै बनाउनुपर्ने कुनै कारण छैन।
यसका निम्ति छिमेकीको सहमति र चित्त बुझाइमै भवन बन्ने दाबी कोइरालाको छ। उनका अनुसार चिलिमेले स्थानीयको सम्पत्तिामा जोखिम नहुने गरी सुरक्षा संवेदनशीलतालाई प्रथमिकता दिनेछ। स्थानीयले गुनासो गरे अनुसार नै सुरक्षाका विधि र बिमागर्ने सहितका उपाय अवम्बन गरेर भवन निर्माण हुन्छ। स्थानीयको जग्गा खरिद गर्नुपर्ने आवश्यकता नरहेको र त्यो क्षेत्र चिलिमेका निम्त नचाहिने पनि उनको भनाइ छ। अहिले भएको क्षेत्रफलमा १५ तलेसम्मको भवन बनाउन सकिने भएकाले नै तले बनाउँदा कुनै समस्या नहुने दाबी पनि कोइरालाको छ।
काठमाडौं महानगरपालिकाले चिलिमेको भवन निर्माण गर्न आवश्यक मापदण्ड पूरा गरेकाले नक्सा पास भएको जानकारी दिएको छ। प्रशस्तमा मात्रमा जग्गा रहेको र तोकिएको मापदण्ड पूरा गरेर भवन बनाउन सक्ने गरी स्वीकृति दिएको महानगरका सूचना अधिकारी बसन्त आचार्यले बताए। महानगरका अनुसार यो भवन बनाउन चारैतर्फ ५÷५ मटिर क्षेत्रफल छोडेर निर्माण गर्ने गरी नक्सा पास भएको पनि उल्लेख छ।
महानगरका अनुसार स्थानीयको उजुरी आएको थियो तर यस्तो उजुरी व्यवहारिक हो कि होइन भनेर हेर्नुपर्ने हुन्छ। स्थानीयले दिएको उजुरीका विषयमा महानगरले अध्ययन गरेको भए पनि मापदण्ड पूरा गरेको भवन निर्माण रोक्नुपर्ने कारण भने उल्लेख थिएन। त्यसैले यो भवन निर्माणमा प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरेको महानगरको भनाइ छ।