त्रियुगा नगरपालिका परिसरमा शंकास्पद प्रेसर कुकर
उदयपुर : उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगानगरपालिका कार्यलय परिसरमा शंकास्पद प्रेसर कुकर फेला परेको छ । शुक्रबार बिहान त्रियुगा नगरपालिका-११ मा रहेको कार्यालय परिसरमा सरसफाइ गर्ने क्रममा झोलाभित्र प्रेसर कुकर देखिएपछि प्रहरिलाइ खबर गरियको थियो।
शंकास्पद वस्तु फेला परेलगतै प्रहरिले कार्यालाय परिसर घेरा हालेको प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काले बताए । शंकास्पद वस्तुको पहिचार र निस्क्रिय पार्नका लागि नेपाली सेनाको १८ नम्बर बाहिनीबाट सेनाको टोली खटिएको प्रजिअ खड्काले जानकारी दिए।
उनले सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु केहो ? भनी पहिचारन हुने उनको भनाइ छ। तर्साउने उद्देश्यले शंकास्पद वस्तु राखिएको हुनसक्ने खड्काले बताए । पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गतिबिधि बढिरहेकाले सोही पार्टीले प्रेसर कुकरमा शंकास्पद वस्तु राखेको हुनसक्ने आशंका प्रजिअको छ।