कालिकोटमा 'विप्लव'का कार्यकर्ताले जलाए गाउँपालिका

कालिकोटमा 'विप्लव'का कार्यकर्ताले जलाए गाउँपालिका

कालिकोट : नेत्रविक्रम चन्द 'विप्लव' समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन्। गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जानकारी दिए। 'राति स्थानीय सुतिरहेको बेला गाँउपालिकामा भएको आगलागि इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीय नागरिकले नियन्त्रणमा लिए। तर गाँउपालिकाको भौतिक संरचना र अभिलेख नष्ट भएको छ।' उनले भने, 'क्षतिको एकिन विवरणसहित जानकारी आउन बाँकी छ।' 

प्रहरी प्रमुख शर्माका अनुसार गाउँपालिकामा भएको आगलागि नियन्त्रणमा लिँदै गर्दा नरहरीनाथ गाँउपालिकाको वडा नं. ६ माल्कोटको वडा कार्यालयका कागजात जलाएका छन्। उक्त गाउँ विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता तथा पुर्व मन्त्री खड्गबहादुर बिश्ववकर्मा प्रकाण्डको हो।

प्रहरी वडा नं ६ मा जाँदै गर्दा नरहरीनाथ गाँउपालिकाकै वडा नं. ५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु नेकपाका कार्यकर्ताले जलाउन भ्याए। वडा कार्यालयहरु स्थानीय नागरिकहरुको घरको भाडामा भएकाले भवन नजलाई कार्यालयमा भएका कागजातलाई खुला ठाउँमा ल्याएर जलाएका छन्। 
       
नरहरीनाथ गाँउपालिका उपाध्यक्ष मनसोभा बुढाले भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेका बेला साविकको गाविसको सामान्य भवन पनि जलाएपछि सेवा प्रवाह गर्न थप समस्या भएको बताइन्। उनले भनिन्, 'गाँउपालिकामा भएका अधिकांश अभिलेखहरु जलेर नष्ट भएका छन्। गाँउपालिकाको लेखा शाखामा रहेका केही कागजातहरु जोगाउन सकियो। प्रमुख प्रशासकीय अधिकृत र गाँउपालिका अध्यक्षको कार्यकक्षमा भएका कागजातहरु सबै जले।'

गाँउपालिकामा कार्यरत कम्प्युटर अप्रेटर खगेन्द्र बुढाले गाँउपालिकाको सूचना तथा प्रविधि शाखामा रहेका सबै अभिलेखहरु पनि जलेर नष्ट भएको बताए। उनले भने, गाँउपालिकाको लेखा शाखाबाहेकका अरु शाखाका अभिलेखहरु जोगाउन सकिएन।'

धेरै सहियो, अब सहनौँ : डीएसपी

कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले विप्लव समूहका नेता तथा नन्दादेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन विकको नेतृत्वमा आएको टोलीले नरहरीनाथ गाँउपालिकाका र दुई वटा वडा कार्यालयमा रहेका कागजातहरु जलाएको जानकारी दिए। उनले कुनै पनि हालतमा सरकारी सम्पत्तिको आगजानी गर्ने व्यक्तिहरुलाई प्रहरीले नछोड्ने बताए। शर्माले आगलागिमा संलग्नहरुको तीब्र रुपमा खोजी कार्य भइरहेको बताए। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वको टोलीले नरहरीनाथमा अप्रेशन सुरु गरिसकेको छ। 

डीएसपी शर्माका अनुसार आगलागिमा संलग्न भएको आशंकामा कुमालगाउँबाट दुई जना विप्लव समूहका नेता पक्राउ परेका छन्। आगो लगाउने मुख्य पात्र अर्जुन विकको खोजी कार्य भइरहेको उनले जानकारी दिए। 'जिल्लाको शान्ति, सुरक्षालाई बलियो बनाउनका लागि प्रहरीले धेरै सहेर बसेको थियो।' उनले भने, 'विगतका बन्दमा पनि कालेखोलामा मोटरसाइकल जलाए, सदरमुकामको नापी कार्यालयको हाताभित्रै आएर प्रेसर कुकर बम पड्काए। सहियो, अब सहनौँ।'  शर्माले अब प्रहरीले गाँउ गाँउमा अप्रेशन चलाएर एक/ एक जना गरी विप्लवका कार्यकर्ताहरु नियन्त्रणमा लिने बताए।

बन्दको अवज्ञा गरेकाले जलायौँ–विप्लव नेता
      
कालिकोटका विप्लव समूहका नेताहरुले सोमबार पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन गाउँपालिकाले गाउँ सभा चलाएकोले आगो लगाएको स्वीकार गरेका छन्। विप्लव समूहका एक प्रभावशाली नेताले भने, 'बन्दको दिन गाँउसभा चलाएको कालिकोटको अन्य स्थानीय तह पनि जलाउछौँ। बन्दकोको दिन पचालझरना गाँउपालिका, तिलागुफा नगरपालिका लगायतले पनि सभाहरु चलाएको खबर पाएका छौ।' 

'राज्यले पार्टीलाई गरेको दमनका विरुद्धमा आह्वान गरिएको नेपाल बन्दको दिन गाँउ तथा नगरसभाहरु संचालन नगर्न सबैलाई अनुरोध गरेका थियौँ।' उनले  भने 'आफ्नो पार्टीको अनुरोधलाई अस्वीकार गर्नेहरुलाई कुनै पनि हालतमा छाड्दैनौँ।'  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.