लमजुङमा तीन जनाले ल्याए जीपीए ४

लमजुङमा तीन जनाले ल्याए जीपीए ४

बेंसीसहर : लमजुङबाट एसईई परीक्षामा सहभागीमध्ये तीनजनाले जीपीए ४ ल्याएका छन्। मस्र्याङदी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवसीय माध्यमिक विद्यालयकी रचना सुयेल र फ्युचर स्टार आवासीय मावि सिउँडीबार, भोटेओडारका आशिष रानाभाटले बराबर ३ दशमलव ९५ जीपीए ल्याएका छन्।

हिमचुली आवासिय माविका प्रिन्सिपल रामचन्द्र भण्डारीका अनुसार रचनाले नेपाली विषयबाहेक सबै विषयमा ४ जीपीए ल्याएकी छन्। नेपालीमा भने ३ दशमलव ६ जीपीए आएको छ। रचनाकी आमा निर्मला थापाले छोरीले जिल्लामै धेरै जीपीए ल्याएको खबरले खुशी मिलेको बताइन्। 

फ्युचर स्टार आवासीय मावि सिउँडीबारका आशिष रानाभाटले ३ दशमलव ९५ जीपीए ल्याएको विद्यालयका निर्देशक बाबुराम पौडेलले बताए। सामुदायिकतर्फ जनकल्याण माविउदीपुरका शिशिर अधिकारीले ३ दशमलव ९० जीपीए ल्याएका छन्। अधिकारी मेहेनेती र लगनशील विद्यार्थी भएकाले धेरै अंक ल्याउन सफल भएको र यसले विद्यालय परिवार गौरवान्वित भएको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले बताए।

युनिभर्सल एकेडेमी बेंसीसहरका निशान रावतले ३ दशमलव ९० जीपीए ल्याएका छन्। यसैगरी, ल्याण्डस्टार आवासीय मावि बेंसीसहरका शैलेष पौडेलले ३ दशमलव ९० जीपीए ल्याएका छन्। 

अर्थली प्याराडाइज आवासीय माविका प्रिन्सिपल उद्धव घिमिरेले गणित विषयमा प्राक्टिकलको नम्बर जोडेर आएको र एच्छिक दोस्रो वातावरण विज्ञान विषयको परीक्षाफल नजोडिकन विद्यार्थीको जीपीए तयार भएकाले परीक्षाफलले भ्रम पैदा गरेको बताए। 

शिक्षा विकास तथा समन्वय इकाई लमजुङका अनुसार यस वर्ष सामुदायिक ७९ र निजी २१ गरी १ सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएका थिए। 

यसमा १ हजार ६ सय १४ छात्रा र १हजार ३ सय ७६ छात्र थिए। ग्रेड वृद्धिका लागि ३० जना परीक्षार्थी सहभागी भएका थिए। जिल्लामा १८ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.