पाँच वर्षमुनिका बालिकालाई बचत खाता !
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाले पाँच वर्षमुनिका छोरीको जीवन रक्षाका लागि बचत खाता खोलिदिने भएको छ। तेस्रो नगरसभाले ५ वर्षमुनिका बालिकाको बचत खाता खोल्ने नीति पारित गरेको हो।
बालबालिकाको अधिकार सुनिश्चत गर्न पाँच वर्षमुनिका बालिकाको बचत खाता सञ्चाल गर्न लागिएको नगरपालिकाले जनाएको छ। महिला, अपांगता भएका र ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न महिला तथा लैगिंक हिंसाको न्यूनिकरण गर्नका लागि नगरपालिकाले यो योजना ल्याएको हो। नगरपालिका भित्रका बालिकालाई एक हजार अनुदान दिन २ लाख ३६ हजार रकम विनियोजन भएको छ।
यस्तै, नगरपालिकाले तेस्रो नगरसभाबाट आर्थिक वर्ष ०७६÷०७७ का लागि ३३ करोड ९२ लाख २८ हजार ८६ रुपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमध्ये सर्सत अनुदानतर्फ १६ करोड ३२ लाख, आन्तरिक स्रोत एक करोड ३३ लाख ९३ हजार एक सयसहित अन्य ६ शीर्षकमा विनियोजन गरेको हो।