बैतडीमा एक प्रहरी, एक विरुवा अभियान

बैतडीमा एक प्रहरी, एक विरुवा अभियान

बैतडी : राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर बैतडीमा एक प्रहरी एक विरुवा अभियान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजनामा शनिबार जिल्लाका विभिन्न स्थानमा चार सय विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटमा कार्यरत प्रहरीले चार सय विरुवा रोपेको उनले बताए। ‘वातावरण संरक्षण गर्ने र मानिसका लागि बोटविरुवा आवश्यक छ भन्ने कुरा सबैलाई जानकारी गराउन यो अभियानका थालनी गरेका हौं’, उनले भने, ‘जिल्ला प्रहरी कार्यालयको हाताभित्र २५० र अन्य ठाउँमा १५० गरी चार सय विरुवा हामीले रोपेका छौं।’

यो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। उनले भने, ‘हामीले वातावरण संरक्षणमा सबैको ध्यान जाओस, बढ्दो वन विनाश रोक्ने कार्यमा मद्दत पुगोस भनेर एक प्रहरी एक विरुवा अभियान सुरु गरेका हौं।’

प्रहरीको एक प्रहरी एक विरुवा अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले अभियानलाई जिल्लाका सरकारी एवम् गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बताएका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.