त्रिपुरासुन्दरी नगरपालिकाको मोबाइल एप्स सुरु

त्रिपुरासुन्दरी नगरपालिकाको मोबाइल एप्स सुरु

दुनै डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नै मोबाइल एप्स संञ्चालनमा ल्याएको छ। जिल्लामा पहिलो पटक त्रिपूरा सुन्दरी नगरपालिकाले आफनै मोबाइल एप्स सुरु गरेको हो। नगरपालिकाले प्रदान गर्ने सबै सेवा सहज र प्रभावकारी बनाउन मोबाइल एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

नगरबाट हुनै दैनिक सेवा प्रवाह, वार्षिक कार्यक्रम तथा योजना,सूचनासहित नगरपालिकाका सम्पूर्ण गतिविधिको जानकारी हातहातमा घरमै बसेर लिन सकिने व्यवस्था गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले जानकारी दिए। 

उनले भने अब हरेक नागरिकले हातैमा एक क्लिक गरेर नगरपालिकाको सम्पूर्ण गतिविधि घरमै बसेर जान्न पाउने छन्। मोबाइलको सदुपयोग समेत सहीरुपमा हुने दावी धरालाले गरे। स्थानीय सरकारबाट सम्पादन हुने सम्पूर्ण गतिविधि एकैसाथ जनतामाझ पुर्‍याएर पारदर्शी सरकारको पहिचाहन दिन नगरपालिकाले आफ्नै मोबाइल एप्स संञ्चालन गरेको नगरप्रमुख ओमबहादुर बुढाले बताए।

मोबाइल एप्समा सम्पूर्ण जनप्रतिनिधिको नाम र सम्पर्क नम्बर समेत राखिएको छ। एप्सलाई अझै प्रभावकारी बनाउनका लागि नागरिकले सुझाब दिन नगरप्रमुख बुढाले आग्रह गरेका छन्। त्यसका साथै सेवा प्रवाह चुस्त दुरुष्त पारी समृद्ध नगर निर्माणका लागि अझै थप परिमार्जन गर्नुपर्ने भएमा वा नगरपालिकालाई आवाश्यक सल्लाह सुझाब समेत एप्सबाटै दिने व्यवस्था मिलाइएको उपप्रमुख चन्दाकुमारी बुढाले जानकारी दिइन्।  

मोबाइल एप्स संञ्चालन गरेर डिजिटल नगरपालिका निर्माणतर्फ अग्रसर भएको भन्दै नागरिकले खुसी व्यक्त समेत गरेका छन् ।एप्स निर्माणको काम निकै राम्रो भएको तर सबै क्षेत्रमा इन्टरनेटको पहुँचमा ध्यान दिन स्थानीय योगेन्द्र बुढाले सचेत गराए । 

उनले भने,' मोबाइल एप्स सही प्रयोग गर्न र हरेक नागरिकले हेर्न अनि जान्न इन्टरनेटको पहुँच सबैमा हुनुपर्छ त्यसतर्फ नगरपालिकाले सोच्न जरुरी रहेको छ। त्रिपूरा सुन्दरी नगरपालिका आफ्नै मोबाइल एप्स संचालन गर्ने डोल्पाको पहिलो स्थानीय तह हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.