सिरहामा ९ महिने बालिका बलात्कृत
सिरहा : सिरहाको लहान नगरपालिका–२४ मा ९ महिने बालिका बलात्कृत भएको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् ।
मंगलबार भएको उक्त घटनामा सोही गाउँका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आमाले घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरको सदस्यलाई खाजा पु¥याउन जाँदा ती बालकले उनीमाथि यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।
खेतबाट फर्कँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।