ठुलीभेरी नगर कार्यपालिका बैठक १६ महिनापछि बल्ल
डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाको कार्यपालिका बैठक १६ महिनापछि बल्ल बसेको छ ।
नगरपालिका केन्द्र कहाँ राख्ने भन्ने दुई वर्षदेखिको विवादका बीच कार्यपालिका बैठक भद्र सहमतिपछि बल्ल बसेको हो । नगरप्रमुख गणेशबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही बीच भद्र सहमति भएपछि सुलिगार्डमा बैठक बसेको हो ।
दुनै र जुफालको बीचमा पर्ने वडा नम्बर १० मा पर्ने सुलिर्गाड मध्यवर्ती क्षेत्रमा बैठक सम्पन्न भएको हो । यसअघि २०७४ माघ २८ गते बैठक बसेको थियो । पछिल्लो बैठकसँगै नगरसभाको उद्घाटन जुफाल केन्द्रमा र समापन दुनै केन्द्रमा गर्ने सहमति भएको छ ।