उदयपुरमा हिंसाका घटना बढ्दै, ६ महिनामै ४२ घटना
उदयपुर : उदयपुरमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दैगएको एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले आईतवार सदरमुकाम गाईघाटमा आयोजना गरेको जिल्लाको मानवअधिकार स्थिति सूचक सार्वजानिक गर्ने क्रममा हिंसा घट्नुपर्नेमा अझ बढ्दैगएको तथ्यांक प्रस्तुत गरेको हो ।
तथ्यांकअनुसार पछिल्लो ०७५ पुस १५ देखि ०७६ असार १५ गतेसम्मको ६ महिनामा ४२ वटा घटना घटेको छ । घटनामध्ये गैरन्यायिक हत्याबाट ४, बालिका बलात्कार तथा प्रयास १२ वटा, महिला बलात्कार तथा प्रयास ११, घरेलु हिंसाका ५, वहुविवाह ७, नाता कायम १, बालविवाह १, बालबालिका कुटपिट १, गरी जम्मा ४२ वटा छन् ।प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार मानवअधिकार रक्षाको लागि सरकारी संयन्त्र नै संवेदनशील हुनुपर्नेमा जोड दिए ।