पेन्ट्स बजार र ब्रान्डको पहिचान

पेन्ट्स बजार र ब्रान्डको पहिचान

भूकम्पपछि सबै घर पक्की र आधुनिक छन् भने रङको प्रयोगले परम्परागत सामग्री विस्थापित भइरहेको छ। अहिले गाउँदेखि सहरसम्म पक्की घरका भित्तामा लगाइने रङको रुचीले पेन्ट्सको प्रयोग बढाएको छ।


काठमाडौं : २०६९ वैशाखदेखि एनसेलले मनकामना केबलकारको बेस स्टेसन पारीपट्टिको गाउँमा आफ्नो कर्पोरेट कलर (बैजनी रङ)को प्रयोग गर्दै आएको छ। एनसेल लेखेर प्रयोग भएको यो रङले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र मनकामना जाने दर्शनार्थीको आँखैमा पथ्र्यो यो गाउँ। मनकामना केबलकारको बेस स्टेसन पारीपट्टिको त्यो क्षेत्रमा रहेको तीनवटा बस्तीलाई सबैले एनसेल गाउँ भनेर चिन्थे। एनसेलले रंगाएको यो गाउँ रङमा मात्रै सीमित थिएन। यसले एनसेल ब्रान्डलाई थप उचाइ दियो।

१९९४ सालमा स्थापना भएको नेपालको पहिलो बैंक ‘नेपाल बैंक’ले आफ्नो पहिचानलाई निलो र रातो रङसँग जोडेको छ। बैंकले प्रयोग गरेका यी दुई रङ बैंकको कर्पोरेट कलरका रूपमा परिचित छ। नेपाल बैंकपछि स्थापना भएका नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थाले आ–आफ्नै कर्पोरेट कलर बनाएका छन्।

संस्थाको महŒव दर्शाउने र पहिचान दिने बस्तु नै रङ हो। यसैलाई दृष्टिगत गरेर पछिल्लो समय कर्पोरेट कार्यालयले विभिन्न रङको संयोजन गर्दै आफ्नो अलग्गै पहिचान दिइरहेका छन्। रङकै प्रयोगले सजिलै पहिचान दिने गरेको छ। पेन्ट्सको प्रयोगबाट घर, कार्यालय, अपार्टमेन्टदेखि सार्वजनिक निर्माणलाई चिनाउनु अहिले सामान्य नै भएको छ।

पर्यटन र रङरोगन

नेपाल सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष मनाएको थियो। त्यतिबेला हरेक गाउँ पर्यटकीय र सुन्दर बनाउन घरघरमा रङ लगाउने तथा चम्काउने काम भयो। हरेक पर्यटकीय गाउँमा पर्यटक आकर्षण गर्न घर, टोल तथा क्षेत्र नै चम्काउन थालियो जसल गर्दा नेपालमा रङको प्रयोग बढ्न थालेको हो।

‘त्यतिबेला घर चम्काउने अभियान सञ्चालन नगरिएको तर पर्यटन महोत्सव र उत्सव मनाउने अभियान चाहिँ थियो’, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने। उनका अनुसार पर्यटक आकर्षण गर्न कसरी आफ्नो गाउँठाउँ राम्रो बनाउने भन्ने अभियान चलेका बेला घर रंगाउने कामलाई सामान्य मान्न सकिन्छ। त्यतिबेलाको सामान्य मानिएको रङरोगनको काम अहिले आवश्यकता र पहिचानसँग जोडिएको छ।

पर्यटक आकर्षण गर्ने बाहनामा भएको सरसफाइ र घर आगन रंगाउने अभियानले फलतः पेन्ट्स बजारकै दायरालाई फराकिलो बनायो। यो अभियानलाई व्यवसायीहरू रङको व्यापारमा कोशेढुंगा नै मान्छन्। त्यसबेला सहर बजारमा सरसफाइ, घर आगन सिगार्ने अभियान चल्यो। नेपालीको आयस्रोत बढ्दै जाँदा धनसम्पत्ति जोड्ने र नयाँ घर बनाउने प्राथमिकतामा पर्न थाल्यो। विदेशिएका नेपालीको आम्दानी पनि नयाँ घर बनाउनमै प्रयोग हुन थाल्यो। घर बनेपछि रङरोगन त हुने नै भयो। यसबाट रङको उत्पादन र बजारीकरणको दायरा फराकिलो बन्न थाल्यो।

भूकम्पपछि छाना रंगियो

पछिल्लो समय २०७२ को भूकम्पपछि पुनर्निमाण भइरहेका घरमा पनि रङकै प्रयोग त भएको छ। तर, देशैभर निर्माण भइरहेका नयाँ घरसँगै भूकम्पछिका नयाँ बस्ती र घरका छान रंगिएको टाढैबाट देखिन्छ। ती घरका भित्ता भने रंगिनै बाँकी छन्। रङले घरको पहिचान दिने भएकाले ढिलोचाँडो रंगाउनै पर्ने इन्डिगो पेन्ट्सका प्रबन्ध निर्देशक बेदु पाण्डे बताउँछन्।

परम्परागत रूपमा प्रयोग हुने रातोमाटो, कालोमाटो, कमेरोसँगै चुना र ह्वाइट सिमेन्टले पनि गाउँ घर रंगिबिरंगी बनाएका हुन्छन्। भूकम्पपछि सबै घर पक्की बनेका र आधुनिक रङको प्रयोगले परम्परागत सामग्री विस्थापित भइरहेको छ।

अहिले गाउँदेखि सहरसम्म पक्की घरका भित्तामा लगाइने रङले रुचीले पेन्ट्सको प्रयोग बढाएको छ। नयाँ पेन्ट्सले घरको सुन्दरता बढाएको छ। अहिले जो कोहीले आफ्नो आवश्यकता अनुसार घरको भित्ता मन परेको ब्रान्डले रंगाउन सक्छन्।

नेपालमा पहिलो पटक २०३९ सालमा पशुपति पेन्ट्स स्थापना भए पनि रङको प्रयोग औपचारिक रूपमै बढ्न थालेको पाइन्छ। नेपालमा पेन्ट्सको प्रयोग बढ्न थालेपछि नेपाली तथा बहुर्राष्ट्रिय कम्पनीले उद्योग स्थापना गरेका छन्। नेपालमा बढ्दै गएको सहरीकरण, बस्ती निर्माण र रङरोगनले पेन्ट्स व्यवसाय फस्टाउँदै गएको छ। अहिले नेपालमै उत्पादन हुने पेन्ट्स बजार माग धान्न सक्ने अवस्थामा पुगिसकेको छ। त्यसमा पनि बजार विस्तार भइरहेको र सम्भावना देखेरै नयाँ नयाँ विदेशी ब्राण्ड भित्रिन छाडेको छैन।

उत्पादन बढाउँदै तीन दर्जन कम्पनी

नेपालमा अहिले करिब ४० वटा पेन्ट्स कम्पनी छन्। आधा दर्जन विदेशी कम्पनीले नेपालकै बजारमा सेवा दिइरहेका छन्। बजारको माग र आवश्यकताले कारोबार पनि बढ्दै गएको छ।

अहिले व्यक्तिगत घर, कोठा, अपार्टमेन्ट, हाउजिङ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसदेखि सार्वजनिक निर्माणमा आकर्षक रङको प्रयोग हुन थालेको छ। ग्राहकको आवश्यकता र चाहनाअनुसार यसको प्रयोग हुन्छ। नेपालमा रङको प्रयोग बढेकै कारण भारतबाट मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँभन्दा बढीकोे इनामेल आयात हुन्छ।

हाल बजारमा स्थापित पेन्ट्स ब्रान्डमा पशुपति पेन्ट्स, एसियन पेन्ट्स, शालिमार पेन्ट्स, बर्जर पेन्ट्स, इन्डिगो पेन्ट्स, अपोलो पेन्ट्स, बाबा पेन्ट्स छन्। महालक्ष्मी पेन्ट्स, डालिमा पेन्ट्स, जस्मिन पेन्ट्स, यती पेन्ट्स, रिलायन्स पेन्ट्स , तिरुपति बालाजी पेन्ट्ससहितका ब्रान्डले आफ्नो छुट्टै पहिचान बनाएका छन्। यीबाहेक दुई दर्जन पेन्ट्स बजारमा छन्।

वार्षिक ३० प्रतिशतले माग बढ्दै

पछिल्लो समय नेपालमा रङको प्रयोग बढ्न थालेसँगै यसको बजार पनि बढिरहेको छ। नेपालमा पछिल्लो समय वार्षिक ३० प्रतिशतले पेन्ट्सको माग बढिरहेको इन्डिगो पेन्ट्सका प्रबन्ध निर्देशक वेदु पाण्डेले बताए। उनका अनुसार काठमाडौंमा हुने नयाँ निर्माण तुलनात्मक रूपमा कम हँुदै गएकाले रङको प्रयोग उपत्यकाभन्दा बाहिर बढी हुन थालेको छ। उपत्यकामा ३० प्रतिशतको बजार हुँदा बाहिर ७० प्रतिशत रहेको बुझाइ पाण्डेको छ।

पछिल्लो समय नेपालमा उत्पादन भएकै रङले माग धान्न सक्ने अवस्था भए पनि बाहिरबाट भित्रिने नयाँ ब्रान्ड पनि रोकिएका छैनन्। अहिले नेपाली बजारमा वार्षिक करिब १५ अर्ब रुपैयाँभन्दा बढीको पेन्ट्सको कारोबार हुने अनुमान छ। त्यसमध्ये आयातितको हिस्सा भने करिब दुई अर्ब रुपैयाँ हाराहारी रहेको अनुमान छ।

२०६५ सालबाट उत्पादन सुरु भएको इन्डिगोका अनुसार यसको बजार माग वार्षिक ४० प्रतिशतले बढिरहेको छ। एक दशक अगाडि स्थापित यो कम्पनीले बजारमा सस्तोदेखि महँगोसम्मका पेन्ट्स ल्याएको छ। विभिन्न २२ प्रकारका रङको उत्पादन गरिरहेको यो कम्पनीले एउटा घरमा प्रयोग हुने र ग्राहकको आवश्यकता अनुसारको सबै माग पूरा गर्न सकेको पाण्डे बताउँछन्।

पेन्ट्सको प्रयोग र छनोट

बजारमा पाइने विभिन्न प्रकारका पेन्ट्स सबैको आ–आफ्नै ब्रान्ड र मूल्य रहेको छ। सामान्यता पेन्ट्सको प्रयोग आकर्षक देखाउन प्रयोग हुन्छ। रङको प्रयोगले घरलाई बलियो बनाउने दाबी पाण्डेको छ। उनका अनुसार घर बाहिरको रङ ७ वर्ष र भित्रका लागि १० वर्ष ग्यारेन्टी दिने गरिएको छ। घरबाहिरको स्वरूपलाई आकर्षक देखाउन, धँुवा धुलोबाट बचाउन, सिमेन्टलाई उप्कन नदिन रङको प्रयोग गरिन्छ। रङको मुख्य विशेषता सुन्दरता प्रदान गर्ने हो। यसका लागि नेपालीले पनि उल्लेख्य खर्च गरेका छन्। भूकम्पपछि निर्माण भएका नयाँ बस्ती र घरका छाना रंगिएका छन् तर भित्ता रंगिएका छैनन्। पेन्ट्स कम्पनीको प्राथमिकता भनेको पुनर्निणपछिका घर रंगाउनु पनि हो। यसमा पहुँच नपुगेको मात्रै हो सबै नेपालीले आफ्नो घर रंगाउन, आकर्षक देखाउन र बलियो बनाउन सक्ने बुझाइ पाण्डेको छ।

घरलाई राम्रो मात्रै होइन सुरक्षित राख्न पनि रङको प्रयोग गर्नुपर्ने हुन्छ। यसका लागि घर चिटिक्क देखाउने काममा रङको प्रयोग हुन्छ। यसर्थ, बजारमा पाइने विभिन्न प्रकारका रङमध्ये गुणस्तर र मूल्य दुवैको दृष्टिले रङका छनोट गर्नुपर्छ। रङ छनोट गर्दा नाम, ब्रान्ड, प्रचारमात्रैले हुँदैन। यो टिकाउ र चित्तबुझ्दो पनि हुनुपर्छ। हुन त रङलाई प्रयोग नगरी राम्रो र नराम्रो भनिहाल्न सकिन्न। तर, बजारमा तोकिएका डिलर, प्राविधिक, रङ प्रयोग गरेका व्यक्तिसँग पनि सोधपुछ गर्न सकिन्छ। साथै नेपाली रङको गुणस्तर र विश्वसनीयतालाई रङ छनोटको आधार बनाउन सकिन्छ।

पछिल्लो समय पेन्ट्स कम्पनीहरूले बजारको माग र आवश्यकताअनुसार रङ उत्पादन गर्न थालेका छन्। बढीभन्दा बढी समयको वारेन्टी दिने, लक्जरी उत्पादनदेखि सस्तो मूल्यका रङ उत्पादन हुन्छन्। इन्टेरियर पेन्ट्स, एक्स्टेरियर पेन्ट्स, मेटल, फ्लोर, उड्स, वाटरप्रुफिङसहित रङको प्रयोग हुन्छ। यसलाई छनोट गर्दा आफ्नो रुची, पैसा, गुणस्तर र टिकाउ हुनुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.