कार्पेटमा अब्बल ‘जोन्सा’

कार्पेटमा अब्बल ‘जोन्सा’

घर, होटल, कार्यालय होस् वा कुनै महफिल, सजावट सबै क्षेत्रमा प्राथमिकताको विषय बनेको छ। अचेल भवन निर्माण मात्रै गरेर आवासमा मानिस सन्तुष्ट रहन सक्दैन। कलात्मक ढंगले सजावट गरेपछि आवासमा बस्न रुचाउने गरेका छन्। ग्राहक आकर्षित गर्न होटलका लागि त सजावट नभइ नहुने विषय जस्तो भइसक्यो।

प्रयोग बढ्दै जाँदा केही कम्पनीले सजावटलाई नै व्यावसायिक रूप दिएका छन्। इन्टेरियर डिजाइनका लागि सबैभन्दा प्रभाव पार्ने वस्तु कार्पेट हो। आकर्षक कार्पेटले सिंगो रुमलाई नै छुट्टै स्वरुप दिन्छ।

इन्टेरियर डिजाइनका लागि कार्पेटको बजार बढ्दो छ। सजावटमा आशी इन्डस्ट्रिज प्रालिले आकर्षक उत्पादनमार्फत विभिन्न गुणस्तर तथा स्वरुपमा कार्पेटहरू ल्याएको छ। कम्पनीले विभिन्न छ प्रकारका फाइबर कार्पेट उत्पादन गरिरहेको छ।

लुम्बिनी क्वायर म्याट्रेस (तयारी डसना) उद्योग सञ्चालन गरिरहेको लुम्बिनी समूहले घर सजावटको उत्पादन शृंखलालाई जोड्दै आशी इन्डन्ट्रिज प्रालिमार्फत ’जेन्सा’ ब्रान्डमा भुइँ सजावटको लागी उत्पादित कार्पेट छन्।

उद्योगका सञ्चालक आशीष अग्रवालले भने, ’उच्चगुणस्तर र कार्पेटको नयाँ भेराइटी हाम्रो स्ट्रेन्थ हो। चिनियाँ प्रविधिको स्वचालित मेसिनरी उपकरण जडान गरिएको यो उद्योगसँग चार मिटर चौडाइको कार्पेट उत्पादन गर्ने मेसिनरी रहेको छ। नेपालमा सामान्यतया २ मिटर चौडाइको कार्पेट मात्र उत्पादन हुँदै आएको छ।

स्वदेशी बजारको साथै विदेशी बजारमा समेत निर्यात गर्ने उद्देश्य भएकोले कार्पेटको गुणस्तरीयतामा‌ एकरुपता ल्याउन कच्चा पदार्थ र तयारी उत्पादनको गुणस्तर परीक्षण गर्न उद्योग परिसरमै प्रयोगशाला समेत सञ्चालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ।

मासिक ३ लाख मिटर कार्पेट उत्पादन क्षमताको यो उद्योगले लामो धर्का भएको कार्पेट(रिब कार्पेट), नरम कार्पेट (भेलौर कार्पेट), बुट्टे कार्पेट (प्रिन्टेड कार्पेट), २ रंग मिश्रित कार्पेट (डबल कलर कार्पेट) सहित ६ प्रकारका कार्पेट उत्पादन गरिरहेको छ। लुम्बिनी क्वायर म्याट्रेस र लुम्बिनी फोम र लुम्बिनी कम्फर्ट उद्योग मार्फत् सजावट उद्योगमा लुम्बिनी समूहको दुई दशक लामो अनुभव छ।

जान्सा प्रिमियम स्टार कार्पेट

यो कार्पेट आधुनिक जीवन र कार्यालयका लागि उपयोगी छ। वर्षौंसम्म पनि राम्रो देखिने, पानी सोस्ने, चर्काे घाममा पनि टिक्ने कम्पनीको दाबी छ। यस किसिमका कार्पेट आकर्षक र नरम समेत छ। यसले चुनौतीपूर्ण अवस्थामा उच्चतम् तहसम्मको काम गर्ने अग्रवाल बताउँछन्। प्रिमियम फ्लोरिङ रेञ्जको यो कार्पेट इनडोर तथा आउटडोर दुवैमा उपयुक्त छ। विभिन्न आकर्षक रंग तथा स्टायलमा प्रिमियम मूल्यमा यो कार्पेट उपलब्ध छ। यो इन्टेरियर डिजाइन (सजावट)का लागि उपयोगी छ।

जान्सा ग्राफिक कार्पेट

जान्सा ब्रान्डका कार्पेटमा प्रचुर मात्रामा ज्यामितिय स्वरुपका, धर्का, थ्रीडी ग्रिड्स छन्। ग्राफिक समूहका कार्पेटमा शक्तिशाली डिजाइन प्रयोग भएको छ। अर्गानिक, फ्ल्युड र डिस्टोर्टेड गरी तीन थरी डिजाइनमा उपलब्ध छ। एडभान्स प्रविधिमा निर्मित यो कार्पेटमा सहजरूपमा कार्पेटमा कलर लगाएको थियो।

रिब कार्पेट

कम्पनीले नन वुभन रिब कार्पेट पनि राखेको छ। यसलाई आकर्षक बनाउन सिंगल रिब्ड पोलिस्टरको प्रयोग गरिएको छ। यी कार्पेट चाडपर्व तथा कुनै विशेष कार्यक्रमका लागि भूइँमा बिछ्याउन उपयोगी रहेको कम्पनीले बताएको छ। यसलाई उपभोक्ताको चाहनाअनुसार विभिन्न रंगहरुमा डाइ गरिएको अग्रवालले बताए। यो लामो समयका लागि टिकाउ, सुन्दर र आकर्षक रहेको उनको भनाइ छ।

सुपर रिब कार्पेट

कार्यालय, प्रदर्शनी, कमर्शियल कार्यक्रममा सजिलै प्रयोगमा ल्याउन मिल्ने र खर्चको हिसाबले सुलभताका कारण सुपर रिब कार्पेट निकै प्रयोगमा छ। यसलाई नन वुभन रिब्ड पोलिस्टरको प्रयोगले अझ आर्षक देखाएको छ। यो सहज र बढी टिकाउ रहेको कम्पनीको दाबी छ। यो नष्ट हुन योग्य (डिग्रेडेबल) रहेको अग्रवालले बताए। उनले भने, ‘यो निकै आरामदायी र टिकाउ पनि छ।’

प्रिन्टेड कार्पेट

कम्पनीका प्रिन्टेड कार्पेट उपलब्ध छन्। यसलाई आवश्यकताअनुसार फिट गराउन पनि मिल्छ। यो फ्लोरमा सजिलै बस्ने हुनाले चिप्लिने तथा लत्रिने हुँदैन। यसलाई हिट सब्लिमेसन प्रिन्टिङ मेसिनमार्फत निर्माण गरिएको छ। यसले यसको डिजाइन र लुकलाई आकर्षक बनाएको छ। प्रिन्टेड कार्पेट फरक–फरक डिजाइन र रंगमा उपलब्ध छ। ग्राहकले आफ्नो रोजाइअनुसारको कार्पेट खरिद गर्न मिल्ने अग्रवालले बताए। ‘कार्पेटलाई सजिलै सफा गर्न मिल्छ र यो टिकाउ पनि उत्तिकै छ’, उनले भने।

प्लेन कार्पेट

कम्पनीले नन वुभन प्लेन कार्पेट पनि उपलब्ध गराएको छ। यसमा प्रयोग गरिएको विशेष किसिमको फाइबरले यसलाई अझ बलियो, तन्किन मिल्ने र टिकाउ बनाएको कम्पनीले जानकारी दिएको छ। त्यसैले यो घरेलु, कमर्सियल तथा औद्योगिक प्रयोजनका लागि उपयोगी छ। यो कार्पेट बजारमा निकै प्रतिश्पर्धी रहेको अग्रवालको भनाइ छ। यसमा सिटिङ स्पेस र बुट एरियाको पनि सुविधा छ। यो ग्रे, निलो, रातो र क्यामेल रंगमा उपलब्ध छ।

नरम (भेलर) कार्पेट

कम्पनीले सबै किसिमका उपभोक्ताको ध्यानमा केन्द्रित भई भेलर कार्पेट पनि राखेको छ। यसमा उच्चतम् गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिएको अग्रवालले जानकारी दिए। उनले भने, ‘गुणस्तरका लागि यो उत्पादन हामीले नवीन तथा उच्चतम् प्रविधिको प्रयोग गरिएको छ। यसको आकर्षक डिजाइन, अत्याधिक टिकाउन र गुणस्तरीय उत्पादनले ग्राहकलाई आकर्षित गरिरहेको छ।’

स्वदेशी बजारमा फाइबर कार्पेट उत्पादक उद्योगको संख्या अहिले जम्मा तीनवटा छ। यसअघि यती कार्पेट, एसटी कार्पेट र हेरिटेज कार्पेट सञ्चालनमा रहेकामा दुई वर्ष अघि भएको भीषण आगलागीपछि यती कार्पेट उद्योग बन्द छ।

उद्योग बन्द हुनु अघि यती कार्पेटले वार्षिक ४० करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको थियो। पुनर्निर्माणसँगै आतिथ्यता उद्योग (हस्पिटालिटी इन्डस्ट्रिज) मा आएको उल्लेखनीय लगानीको कारण भूइँ सजावटका लागि कार्पेटलगायत सज्जा सामग्रीको बजार मागमा पनि सकारात्मक प्रभाव परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.