बालिका अपहर र बलात्कार प्रयास गर्ने पक्राउ

बालिका अपहर र बलात्कार प्रयास गर्ने पक्राउ

राजविराज : छिमेकमा विवाहबाट घर फर्किरहेकी १३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार प्रयास गरेको आरोपमा सप्तरीमा एक किशोर पक्राउ परेका छन् ।

सप्तरी जिल्ला अदालतले बिहीवार राजविराज नगरपालिका–१० बिरौलका १९ वर्षीय पंकजकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले आरोपितलाई ६ वर्ष कैद र २५ हजार जरिवानाको सजाय गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

स्रेस्तेदार बर्देवाका अनुसार पीडितलाई आरोपितबाट १५ हजार क्षतिपुर्ति दिलाउनुपर्ने समेत फैसला भएको छ । विवाह समारोहबाट घर फर्किरहेकी बालिकालाई सोही विवाहमा गएका आरोपितले साथीको सहयोगमा मोटरसाइकलको बीचमा जबरजस्ती राखी २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असार ३२ गते अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए ।

आरोपितका आमा छिमेकको सोही विवाहमा बसेको र सँगै गएकी बालिका एक्लै घर फर्किरहेका बेला घटना भएको पीडितले बताइन् । पीडितका बुवा राजविराजमा रहेकाले घरमा कोही नभएका बेला आरोपितले अपहरण गरी जबरजस्ती घर लगी बलात्कार प्रयास गरेको पीडितका बुवाले बताएका छन् ।

प्रहरीले साउन १ गते आरोपितलाई पक्राउ गरी अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित ०७५ साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.