त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, चार उडान डाइभर्ट गरियो
काठमाडौं : यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ।
विमान हटाउन लगायतका कामका लागि १ घन्टा विमानस्थल बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।
विमानस्थलबाट सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रय उडानहरु रद्द गरिएका छन्। विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका चारवटा उडान डाइभर्ट गरिएका छन्। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया, चाइना साउदर्नका जहाज अन्यत्र डाइभर्ट गरिएको हो।
विमानस्थल वेबसाइटका अनुसार ती विमानहरू ल्हासा, दिल्ली, बनारस तथा कोलकाता डाइभर्ट गरिएका छन्।
६६ यात्रु लिएर नेपालगञ्जबाट काठमाडौं आएको एएम्एम् एटीआर ७२ जहाज अवतरणका क्रममा धानवमार्गबाट चिप्लिएको थियो। जहाजका सबै यात्रुहरु सकुशल छन्।