कमलाको कहर (फोटो फिचर)
सिरहा : कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका ६ बसपिटा र वडा नम्बर १२ सारश्वर गाउँमा पानी पसेको छ। गाउँमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको छ। बाढीले छोपिएको सडकमा यातायातको सवारी चल्न सकेको छैन्।
घरघरमा पानी पसेको छ। स्थानीयवासीलाई रात कटाउने चिन्ताले सताएको छ। गाउँमा बाढी पसेपछि खाना बस्न समस्या भएको छ। तत्कालका लागि स्थानीय प्रशासनले पानी ठाउँमा फलामको तारजाली, ढुँगा र प्लाष्टिकको बोरामा माटो हालेर पुरेका छन्।