निकासा लिएकै रात भत्कियो नाली
झापा : झापाको सदरमुकाम भद्रपुर नगरपालिका-८ मा सडकको नाला बनिनसक्दै भत्किएको छ। शान्ति चोकस्थित भद्रपुर-धुलाबारी सडकखण्डमा झण्डै एक सय मिटर सडक पर्खाल पल्टिएको हो। उक्त नाली श्रेष्ठ कन्ट्रक्सन काठमाडांैले निर्माण गरेको हो।
यो नाली चार दिनअघि निर्माण सम्पन्न भएको प्रतिवेदन बनाएर सघन सहरी विकास कार्यालयले निर्माण कम्पनीसँग भुक्तानी लिएको थियो। निकासी लिएकै रात उक्त नाला पल्टिएको छ। उक्त कम्पनीका प्राविधिक सुदीप बानियाँले भने बर्षातका कारण नाली लडेको दाबी गरे।
उक्त क्षेत्रको काम गुणस्तरहीन भएको भन्दै सघन सहरी कार्यालयमा स्थानीयपटक–पटक धर्ना दिन पुगेका थिए। कार्यालयले सुनेको नसुनेभैm गरी आफ्नो काम सक्न लागेकाले ड्रेन बनिनसक्दै लडेको स्थानीय परशुराम भारद्वाज बताउँछन्। अहिले नाला लडेका कारण पानिको निकास हुन सकेको छैन।
श्रेष्ठ कन्ट्रक्सन काठमाडौंले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जली जेभी अरनिको हेविटस जलथलले ५ किमि सडक नाला निर्माणको जिम्मा लिएका हुन्।
१२ वर्षै आयोजनाअन्र्तगत छवटा प्याकेजमा २५ वटा योजनाका काम पक्की नाला निर्माणसहित सडक विस्तार भइरहेको छ। दुई अर्ब रुपैँयामा पाँच वर्षभित्र नगरमा साना तथा साघुँरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ।