१५० मेगावाट बिजुली भारत निर्यात

१५० मेगावाट बिजुली भारत निर्यात

काठमाडौं : नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ । लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको हो । विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यससँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताए ।

मन्त्रालयमा मंगलाबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं ।’ कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनले बताए । उनका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो । बुधबारदेखि भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ ।

बाढीका कारण तराईमा विद्युत्को माग घटेपछि नेपालले विगत तीन÷चार दिनदेखि दैनिक १५० मेगावाट बिजुली भारत निर्यात गरेको पनि उल्लेख छ । नेपालले बढी हुँदा बिजुली निर्यात गर्ने र आवश्यक पर्दा ल्याउने गरी गरिएको इनर्जी बैंकिङको सदुपयोग भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताए ।

घिमिरेले भने आवश्यकताअनुसार भारतबाट ल्याउने र बढी हुँदा पठाउने सर्तअनुसार नै हामीलाई बढी भएको बेला पठाएको हो । अब तराईका क्षेत्रमा बिजुली आपूर्ति हुन थालेपछि हामीलाई नै नपुगेर उतैबाट ल्याउनुपर्ने भएकोले निर्यात गर्न नसकिने जानकारी पनि घिमिरेले दिए । नेपालले यस अघि पनि सीमा क्षेत्रबाट बिहारमा बढी भएको बिजुली पठाउने र आवश्यक पर्दा ल्याउने गरिरहेको छ ।

मन्त्री पुनका अनुसार लगातारको वर्षाले जलाशययुक्त आयोजना कुलेखानीको सतह १५ सय २७ मिटर पुगेको छ । यसको क्षमता १५ सय ३० मिटर मात्रै हो । यो आयोजना भरिएपछि ९२ मेवागाटको यो आयोजना २४ सै घण्टा पूर्णक्षमतामै सञ्चालन भइरहेको छ । कुलेखानी भरिएपछि यसबाट हुने पूर्ण क्षमताको बिजुली उत्पादनले पनि हामीलाई धेरै भएको समयमा बिजुली निर्यात गर्न सहयोग पुगेको उल्लेख छ ।

विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा बुधबारसम्म मर्मत सकेर सञ्चालनमा ल्याइने भएको छ । १२ सय मेगावाट माग भइरहेको बिजुलीमा माग घट्दा निर्यात भए पनि अब माग बढेसँगै निर्यात नहुने पनि मन्त्रालयले जानकारी दिएको छ ।

रानीजमरा कुलरियाको र सिक्टा सिँचाइ सञ्चालनमा

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा आएको छ । कैलालीमा रहेको यो सिँचाइ आयोजना आंशिक रूपमा सञ्चालनमा आएको मन्त्री पुनले जानकारी दिए । यो आयोजनाको मुल नहरमा पानी छोडिएको र यसबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने मन्त्री पुनले जानकारी दिए । योसँगै सिक्टा सिँचाइ आयोजनाको पनि पश्चिमी मुल नहर मर्मत गरेर पानी छोडिएको छ । यो आयोजनाले पाँच सय हेक्टरमा सिँचाइ सुविधा दिने भएको छ ।

रानी जमराको प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गर्ने तयारी भए पनि वर्षातको कारण रोकिएको हो । यो आयोजनाको इन्टेकमा जडान गर्नुपर्ने आठवटा गेटमध्ये हाल तीनवटा गेटको जडान कार्य सम्पन्न भएको छ । सम्पन्न भएको तीनवटै गेटको सफल सञ्चालन परीक्षण भएकोले यसबाट १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्न थालेको पनि मन्त्रालले जानकारी दिएको छ । यो आयोजना अन्तर्गत हालसम्म आठ किमि मुल नहर निर्माण कार्य सकिएको छ । यो आयोजनासँगै ४.७ मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने गरी पावर हाउस निर्माणको काम पनि भइरहेको उल्लेख छ ।

यो आयोजनाको आव २०७५÷७६ मा ५.५ किमि नहरका ँगै विभिन्न १० वटा संरचना बनेको छ । यसलाई लम्कीतर्फ विस्तार गरेर ६ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य पनि आयोजनाको छ । यो आयोजबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने भएको छ । यो आयोजबाट ३८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.