झापामा १ सुपरजोन, ३ जोन

झापामा १ सुपरजोन, ३ जोन

भद्रपुर : धान र सुपारीखेतीमा अग्रस्थानमा रहने झापामा रबर र मकैखेती पनि फस्टाएको छ। झापालाई ३ वटा जोन र १ सुपरजोन घोषित जिल्लाको नामले चिनिन थालेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाका १५ वटै स्थानीय तहमा यो वर्षदेखि धान सुपरजोन कार्यक्रम लागू हुने भएको छ।

यससँगै जिल्लामा अरु ३ जोन क्षेत्र पनि निर्धारण भएका छन्। यसमा सुपारी जोन, रबर जोन, मकै जोन हुन्। अर्को १ बंगुर जोनका लागि प्रस्ताव गरिएको छ तर क्षेत्र निर्धारण भएर आइनसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापाको कचनकबल गाउँपालिका र भद्रपुर नगरपालिकाका ३ वटा वडामा ३ वर्ष अघिदेखि धान सुपरजोन सञ्चालनमा आइसकेको छ। उक्त स्थानका कृषकले धान सुपरजोन बनेपश्चात ‘कृषिबाट आर्थिक स्तरोन्नति हुने रहेछ भन्ने अनुभव बटुलिसकेका सुपरजोन कार्यक्रम संयोजक नवराज भट्टराईले बताए।

जिल्लाभर नै धान सुपर जोन कार्यान्वयनका लागि बजेट विनियोजन भइसकेको सुपर जोन कार्यान्वयन बनियानीका प्रमुख धनबहादुर थापाले बताए। धानखेतीका लागि जिल्लामा करिब ८८ हजार हेक्टर जमिन छ।

अब कचनकवल क्षेत्र मात्र नभइ झापाका हरेक स्थानीय तहले २ देखि ३ बाली धानखेती गर्न सक्नेछन्। प्रतिस्थानीय तहमा दुई सय हेक्टर जमिनमा धान सुपर जोन कार्यक्रम कार्यान्वयन हुन्छ। ‘सुपर जोन कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ’, थापाले जानकारी दिए।

मुख्य कुरा त धान सुपर जोन बिस्तार हुने बित्तिकै उक्त क्षेत्रका ‘किसानले सौर्य सिँचाइ, धान रोप्ने, धान काट्ने, मल छर्ने, गोड्ने ट्र्याक्टर, कस्टम हायरिङ, साना सिँचाइ, पोस्ट हार्भेस्टलगायत प्राविधिक विषयमा ५० प्रतिशत अनुदानसम्म पाउने कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिग्राम भट्टराईले जानकारी दिए। उनले भने, ‘जिल्लामा बर्खेधान ८७ हजार हेक्टरमा र चैतेधान २५ हजार हेक्टरमा लगाउँदै आएको छ।’

सुपारी जोन

झापा जिल्लामा सुपारी जोन कार्यक्रम पनि सञ्चालनमा छ। हाल झापामा २ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती गरिँदै आएको छ। जिल्लामा सुपारी जोन कार्यक्रम मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकामा सञ्चालनमा छ।

झापामा वार्षिक ९ हजार ७ सय १० मेट्रिकटन सुपारी उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिग्राम भट्टराईले बताए। उनका अनुसार जिल्लामा मोहितनगर, हिरहिल्ली, सुमंगला, मंगला, श्रीमंगला, काइकुची जातका सुपारी पाइन्छन्।

रबर जोन

झापामा चिया खेतीपछिको दोस्रो स्थान ओगटेको नगदेबाली रबर हो। रबर जोन परियोजना कार्यान्वयन एकाई झापाका अनुसार हाल जिल्लामा पाँच सय हेक्टर क्षेत्रफलमा रबरखेती हुँदै आएको छ। हाल यो खेतीमा जिल्लाका एक सय ५० बढी कृषक आबद्ध छन्। गत आर्थिक वर्षमा मात्र झापामा एक करोड ४४ लाख रुपैयाँ बराबरको रबर उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख भट्टराईले बताए।

रबर खेती गर्ने कृषक भने जोन हुनु र नहुनुले कुनै प्रभाव नपरेको बताएका छन्। रबरखेती कृषक पुष्प रेग्मीका अनुसार बजारीकरणमा जोन परियोजनाबाट जुन सहयोग हुनुपथ्र्यो त्यो भएको छैन। झापाका अर्जुनधारा, मेचीनगर, कन्काई, भद्रपुर, दमक नगरपालिका र बाह्रदशी, बुद्धशान्ति र कचनकवल गाउँपालिका गरेर ८ स्थानीय तह रबर जोनका क्षेत्र हुन्।

मकै जोन

मकै जोन क्षेत्र यही वर्षदेखि झापाका कन्काई नगरपालिका र झापा गाउँपालिकामा सुरु हुँदै छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख भट्टराईका अनुसार शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा पेसागत रूपमै बंगुरपालन गर्ने कृषकको संख्या धेरै छ।

क्षेत्र निर्धारण नभइन्जेल केही भन्न नसकिने भट्टराईले उल्लेख गरे। जिल्लामा धानबाहेक अरु जोन क्षेत्रका लागि विज्ञ प्राविधिकको अभाव छ। सुपारी कृषक कृष्ण खतिवडाका अनुसार सरकारले हचुवाका भरमा सुपारी जोन क्षेत्र मात्र घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.