घाँटीभन्दा तल त राम्री छे

घाँटीभन्दा तल त राम्री छे

आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतले निकै  चर्चा  पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान भएको भन्दै सामाजिक सञ्जाल तातेको छ । ‘घाँटीभन्दा तल त राम्री नै छे’ यसको मतलव कुनै युवती राम्री हुन घाँटीभन्दा तलका अंग राम्रो हुनुपर्छ । अनुहार र सम्पूर्ण शरीर नै नहेरी कुनै पुरुषले महिलालाई राम्रोको दर्जा भिराइदिन्छ भन्ने आसयका कमेन्ट पोस्ट भएका छन् ।

पतिसँग पार्टीमा आएकी कुनै विवाहित महिलालाई एउटा युवकले लास्टै मन पराएको र पट्याइदिने रहर भएको बताउँछ । आर्जन पाण्डेको स्वरमा रहेको यो गीतमा आर्जन पाण्डे, रीमा विश्वकर्मा र पवन गिरीको अभिनय छ । प्रतीक पौडेलको संगीत, कोविद वज्राचार्यको एरेन्ज, दी झोले प्रोडक्सनको कन्सेप्टमा यो गीतको भिडियो तयार भएको हो । भिडियो निर्देशन अस्ट्रो झोलेले गरेका छन् ।

चर्चामा आउन गीतमा जे मन लायो त्यही शब्द प्रयोग गरिएको आरोप लागेको छ भने भिडियोमा अभिनय गर्ने रीमालाई पनि पैसाका लागि जे पनि गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको छ । उनीमाथि आफू महिला भएर समग्र महिलाको अपमान हुने गरी बनाइएको गीतमा बिनासंकोच अभिनय गरेको कमेन्ट छ । रीमाले भने यसबारे आफू अहिले केही नबोल्ने जवाफ दिइन् । अभिनय गर्नु आफ्नो काम भएको बताउँदै उनले बोल्नुपर्छ भन्ने लागेको दिन सार्वजनिक प्रतिक्रिया दिने बताइन् ।

गीतको युट्युब लिंकमा आएका ६ सय ३३ कमेन्टमा अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै ट्विटर र फेसबुकमा समेत गीतका शब्दले अश्लीलता फैलाएको भन्दै विरोध गरिएको छ ।

गीतकार कृष्णहरि बरालले साहित्यमा जे पनि लेख्न पाइने बताउँदै कला संगीतमा बिम्बात्मक र प्रतीकात्मक अर्थ दिने शब्द राख्नु उपयुक्त हुने बताए । गीतमा के भन्यो भन्दा पनि कसरी भन्यो भन्ने विषय महत्वपूर्ण हुने भएकाले शृंगारमा राम्रा गीत पनि बन्न सक्ने दाबी गरे । अनेकौं चर्चित र राम्रो गीत लेखेका बराल प्रेमगीतमा उदांगोपन जायज नहुने तर्क गर्छन् ।

कलाकारले समाजको शिष्टतामा ध्यान दिनुपर्ने बताउँदै बरालले चर्चाकै लागि प्रयोग गरिने शब्दले समाज गलत दिशामा जान सक्ने शंका व्यक्त गरे । राम्रा गीत लेखेर र गाएर लामो समयसम्म बाँच्न सकिने हुँदा गीतमा सिर्जनात्मकता हुनै पर्नेमा उनले जोड दिए ।

प्रतिक्रियाहरू

‘घाँटीभन्दा तल त राम्री रे । अब अर्को पटक नाइटोभन्दा तल अझै राम्रो रैछ भनेर निकाल्नु । यस्ता गीतमा नाच्नी रीमा विक र गीत सेयर गर्ने केकी अधिकारी ?

कृष्ण पोखरेल

यस्ता छाडा गीतका सर्जकलाई कारबाही गर्ने संगीतको कुनै निकाय नहुनु संगीत क्षेत्रकै दुर्भाग्य हो । नवीन राई

यस्ता गीत लेख्नेको महिलाप्रतिको मानसिकतालाई के भन्ने ? महिलाको स्तरलाई तल सोच्ने बौलाहापन हो । –बास्ना

महिलाको खिल्ली उडाउने गीतमा पनि नाच्नु रीमा विश्वकर्माले स्वीकार गर्नु या बौद्धिक भनिएकी केकी अधिकारीले गीत सेयर गर्नु अति सामान्य कुरा हो । मूल कुरा चाहिँ अपवादबाहेक नेपालका सेलिब्रेटीको विचार पक्ष साह्रै कमजोर छ । कहिले कसो उनीहरूले समाजसँग जोडिएका विषयमा ठीक विचार राख्नु संयोग मात्रै हो । खासमा उनीहरू पँुजीवादी दुनियाँका रोलमोडल बाहेक केही होइनन् ।  विशाल रेग्मी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.