बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु

बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु

सन्धिखर्क : मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा अर्घाखाँचीको मालारानी गाउँपालिकामा एकजनाको मृत्यु गएको छ। घरको बारीमा मकै खान आएको बाँदरलाई लखेट्ने क्रममा मालारानी गाउँपालिकामा-२ अमीलेका ३६ वर्षीय विजय केसीको मृत्यु भएको हो।

मंगलबार बिहान बाँदर लखेट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।अर्घाखाँचीमा बादरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन्। जिल्लाका विभिन्न गाँउहरुमा बादरले मकै सखाप पार्न थालेको हो।बिहानदेखि बेलुकासम्म मकै बारीमा बस्दा पनि बाँदर धपाउन नसकेको कृषकको गुनासो छ। 

बाँदर नियन्त्रण गर्न स्थानीय सरकारले पहल नगरेको पनि हैन। सन्धिखर्क र छत्रदेव गाउँपालिकाले एक वर्षअघि गाउँ गाउँमा बाँदर हेरालुको समेत व्यवस्था गरेका थिए।  एक वर्षअघि बाँदर हेरालुको व्यवस्था गर्दा पनि बादर नियन्त्रण गर्न नसकिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए।

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, खाबडाडा, वागला, डिभर्ना, भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांश गाउँमा बाँदरले आतंक मच्चाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.