जीप दुर्घटनामा १२ घाइते

जीप दुर्घटनामा १२ घाइते

बेनी : बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बेनीदेखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटनामा गीम्भर घाइते तीनजनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार बेनी नगरपालिका–३ का ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, ५५ वर्षका रत्नबहादुर खत्री र बेनी–७ मंगलाघाटका २५ वर्षीय विशाल शाक्यलाई पोखरा रिफर गरिएको हो। 

बेनपा ३ का २० वर्षीय इन्द्र बिक, ४० वर्षीया ज्ञानकुमारी श्रीस, बेनी–७ मंगलाघाटकी २२ वर्षीया शान्त शाक्य, उनकी छोरी साइदा शाक्य, बरंजाका बिक्रम सुनार, ७० वर्षीया ठेगाना नखुलेकी सुवारा सुनार, बागलुङ नगरपालिका–२ की २१ वर्षीय मञ्जु खत्री, बेनी–३ की ३८ वर्षीया भूमिदेवी खत्री र ४५ वर्षका आइतराम बिकको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले उकालो र साँघुरो सडकमा गाडी ब्याक भएर खसेको बताए। चालक यामबहादुर श्रीसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

घटनास्थल पुगेका ट्राफ्रिक प्रहरी बैकुण्ठ पौडेलले गाडी सडकदेखि २५ मिटर तल खेतमा खसेको जानकारी दिए। प्रहरी र स्थानीयबासीले घाइतेलाई उद्दार गरेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.