सन्धिखर्कमा लडेर एक जनाको मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने २३ वर्षिय शिषिर भाटको घर नजिकैको ढिस्कोमा सुकेको बाँसको किलामा अडेस लागेर उभिँदा उक्त किला जरैबाट भाँचिइ खसेर मृत्यु भएको हो।
१० मिटर तल बाटो छेउको पक्की नालीमा खस्न खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताएका छन्। शवलाइ पोष्ट मार्टमको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा पठाइएको छ।