वीरगन्जको व्यस्त बजारमा बम विस्फोट : भारतीय सहित दुई घाइते

वीरगन्जको व्यस्त बजारमा बम विस्फोट : भारतीय सहित दुई घाइते

वीरगन्ज : वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट हुँदा एक महिलासहित दुईजना घाइते भएका छन् ।

कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सवा ७ बजेतिर तरकारी बजारमा मान्छेहरुको भीडभाडका बीच सुतली बम विस्फोट गराइएको थियो । वडाध्यक्ष जगत साह कानुका अनुसार मिठुले बेच्न राखेको कागतीको क्यारेट (प्लाष्टिकको टोकरी) मुनि राखिएको सुतली बम पड्किएको थियो ।

विस्फाेटमा घाइते सीता गिरी ।

बम पड्किएको स्थानमा सुतलीका टुक्रा र जलेको बारुदको गन्ध भेटिएको वडाध्यक्ष कानुले बताए । नारायणी अस्पतालमा उपचार गराइरहेका घाइते कम्कडले पनि कागतीको क्यारेट मुनि कसैले राखेको सुतली बम विस्फोट हुँदा आफू घाइते भएको बताए ।

‘म कागती बेच्न व्यस्त थिएँ, अचानक क्यारेट मुनिबाट विस्फोट भयो । विस्फोट भएपछि मेरो हात र खुटटामा घाउ लागेको छ । बम कसले र कति बेला राख्यो मलाइ नै थाहै भएन,’ मिठुले बताए । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्कीएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.