सडक बीचका विधुत पोलले दुर्घट्ना बढायो

सडक बीचका विधुत पोलले दुर्घट्ना बढायो

पोखरा : सडक बीचमा रहेका विधुतका पोलले सडक दुर्घटना बढाएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ।एक नासले यात्रा गरिरहेका सवारी चालक बीचमा पोलमा ठोक्‍किँदा एम्बुसिङ पाराको दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुराहरि मिश्रले बताए। 

सडक फराकीलो बनाएसँगै पोल छेउमा नसारिदा हनाहकमा सवारी चालकको ज्यान जाने गरेको हो।बीच सडकमै पोल हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको उनले सुनाए। सडकका बीचमा रहेका पोल हटाउन ट्राफिक कार्यालयले सम्बन्धित निकायलाई पत्रचार गरेको छ।

सडकको बीचमा रहेका पोलका कारण दुर्घट्ना बढेपछि र ट्राफिक व्यवस्थापनमा समेत समस्या आएको कारण ट्राफिक कार्यालयले सम्बन्धित निकायलाई पोल छेउमा सार्न पत्रचार गरेको छ।  

सडक विस्तार भयो, पोल सारिएन

सडक विस्तार भएर चाक्लो बन्यो। ढलको संरचना पनि त्यसैअनुसार बनाइए। तर बिजुलीका पोल भने पहिलेकै स्थानबाट नसारिदा पोखरा महानगरपालिकाका सडक र पृथ्वीराजमार्गकै सडकको बीचमा रहेका पोल दुर्घटनाका कारण बनेका छन्।  

पोखराको जिरो किलो मिटरदेखि विजयपुरसम्मका सडकका पोल पछिल्लो समयमा दुर्घटनाको कारण बनेका छन्। विजयपुर देखि कोत्रेसम्मको राजमार्गको सडकका पोल पनि उस्तै अवस्थामा छन्। सडक बीचमै रहेको पोलका कारण यहाँको व्यस्त अमरसिंह चोक, सृजनाचोक सडकखण्डमा सबैभन्दा धेरै दुर्घटना हुने गरेको छ। पोखराका मुख्य बजार क्षेत्र पृथ्वीचोक, सृजनाचोक र जिरो किलो मिटरलगायत भित्री सडकका पोल पनि सारिएका छैनन्। 

पोखराको जिरो किलो मिटरदेखि बिजयपुरसम्मको पृथ्वीराजमार्ग खण्डको पोल सार्न मात्र २० करोड भन्दा बढी लाग्ने नेपाल विद्युत प्राधिकरण पोखरा विरण केन्द्रले जनाएको छ। पोल सार्ने क्रममा नागरिकलाई अध्यारोमा राख्नु भएन। त्यसका लागि नयाँ पोल सडकको छेउँमा गाडेर लाइन बिस्तार गरेर मात्र पुराना झिक्नु पर्दा पनि खर्च बढी लाग्ने उनले सुनाए। 

विद्युत प्राधिकरणको बजेटभन्दा बढी खरेच लाग्ने भएकाले सरकारले नै बजेट छुट्याउने पर्ने उनले सुनाए।यसका लागि  स्टीमेट रकम केन्द्रीय कार्यालयमा पठाएको नेपाल विद्युत प्राधिकरण पोखरा विरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार साहले बताए । 

विद्युतका पोल मर्मत, तार फेर्ने लगायत दैनिक मर्मत सुधारका लागि मात्र बजेट रहेकाले पोल सार्न बजेटकै कारण समस्या परेको उनले सुनाए। पोखराको यमदी पुलदेखि हेमजा हुँदै घट्टे खोलासम्म सडक बिस्तारको काम अघि बढिरहेको छ। यस क्षेत्रमा भने नेपाल सरकारले सडक बिस्तारसँगै सोही ठेकेदार सम्पनीलाई बिजुलीका पोल पनि छेउमा सार्ने गरी जिम्मा दिएको नेपाल विद्युत प्राधिकरण पोखरा विरण केन्द्रले बताएको छ।
 
सडक विस्तारसँगै त्यससँग जोडिएर आउने बिजुलीका पोल, खानेपानीका पाइप ढल, फुटपाथको व्यवस्थापन सँगसँगै गर्नु पर्नेमा त्यसो नहुँदा नागरिकले सास्ती खेप्नु परेको नागरिक समाज पोखराका संयोजक बिष्णुहरि अधिकारीले बताए।

सडक बिस्तार गर्नुअघि सडक विभाग, विद्युत, टेलीफोन, खानेपानीलगायतका सरकारी कार्यालय बीच एकआपसमा समन्वय गरी काम अघि नबढ्दा नागरिकले दुःख पाउने मात्र होइन एउटाले बनाउने अर्काले भत्काउने गर्दा विकास निर्माणको काममा लागत अनावश्यक बढ्ने गरेको उनले सुनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.