पोखराको न्युरोडमा भीषण आगलागी

पोखरा : न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।
आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
