डान्सबार व्यवस्थित गर्न माग

डान्सबार व्यवस्थित गर्न माग

पोखरा : रात्रिकालिन होटल व्यवसायमा बालबालिकालाई निषेध गर्न पोखराका स्थानीयले माग गरेका छन्। अबेरसम्म सञ्चालन हुने डान्सबार र डिस्कोका कारण बालिका कुलतमा फस्दै आएको भन्दै पोखरा बैदामका स्थानीयले यस्तो माग गरेका हुन्। उनीहरुले उच्च अदालत पोखरामा मुद्दा दायर गर्दै राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने यस्ता डान्सबार, डिस्को तथा क्लवहरु बन्द गराउने माग गरेका छन्।

होहल्ला गर्ने, झै–झगडा गर्ने तथा बालबालिकालाई नै डान्सबारमा संलग्न गराएका कारण समाजमा विकृति फैलिएको धारणा व्यक्त गरेका छन्। यस्तै पोखराका सरोकारवालाले पनि फेवाताल किनार (लेकसाइड)का डान्सबार, क्लव लगायतका रात्रिकालिन व्यवसाय आचार संहिताभित्र सञ्चालन गर्न माग गरेका छन्। उनीहरुले बालबालिका नै यसको मुख्य सिकार बनेकाले १८ वर्षमुनिका बालबालिकालाई रात्रिकालिन डान्सबार, डिस्को र क्लवमा निषेध गराउन माग गरेका हुन्।

स्थानीयले मुद्दा हालेपछि लेकसाइडको रात्रिकालिन व्यवसायका बारेमा बहस सुरु भएको छ। यसै विषयलाई लिएर गण्डगी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरामा बिहीबार सरोकारवालासँग छलफल चलाएको छ। छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिष्णु भण्डारीले सुनको अण्डा दिने बैदाम क्षेत्र बिरामी भएको भन्दै व्यवसायी आचारसंहितामा रहे निको हुने बताए। लेकसाइडमा अबेर रातसम्म सञ्चचलन हुने डिस्को, डान्सबारले व्यवसाय गर्दा स्थानीय नागरिक, अन्य व्यवसायीलाई असर नगर्नेगरी ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने जोड दिए।

‘एउटाले व्यवसाय गर्दा अर्कोलाई असर गर्ने हुनुहुँदैन। सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ सनभाउनसके समस्या सामाधान हुन्छ’ उनले भने। कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले राति अबेरसम्म डिस्को, डान्स बार सञ्चालन गर्न पाउने गरी आदेश आएपछि रात्रिकालिन व्यवसायीले आचारसंहिता नमान्दा समस्या आएको बताए।

व्यवसायीले न्यूतनम आचारसंहिता मानेर रात्रिकालिन व्यवसाय गर्नुपर्ने उनले बताए। ध्वनी प्रदुषण रोक्ने, डिस्को, डान्सबारले १८ वर्षमुनिका बालबालीकालाई प्रवेश निषेध गर्नुपर्ने धारणा प्रजिअ बुढाले व्यक्त गरे। उनले यस्ता क्षेत्रमा सीसी क्यामेरा मात्रै राखेर नहुने भन्दै ग्राहको पूरा विवरण अनिवार्य राख्नुपर्ने उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले रात्रिकालीन डान्सबार, डिस्कोमा अनिवार्य रुपमा रजिस्टर भएका संस्थाका महिला र पूरुष दुवै सुरक्षाकर्मी अनिवार्य राख्नुपर्ने बताए। जिल्ला प्रहरी कार्यालयले अहिले रात्रिकालिन व्यवसायको निगरानी गरिरहेकाले बदमासी नगर्न चेतावनी दिए। पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगतबहादुर पहारीले राति अबेरसम्म चल्ने डान्सबार, डिस्कोको ध्वनी प्रदुषण र राति हुने झगडाले आफू पनि पिडीत रहेको बताए। प्रशासनले रात्रिकालिन व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने उनको माग थियो। स्थानीय पम्पा पहारीले राति अबेरसम्म सञ्चालन हुने डिस्कोका कारण रातभर घरमा सुत्न नसकेको बताइन्।

बालबालिकाहरु नै यस्ता डान्सबारमा जाने र मदिरा सेवन गर्ने भएकाले बालबालिकालाई निषेध गर्न स्थानीयले माग गरेका छन्। पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले रात्रिकालीन डिस्को, डान्सबार, लगायत सम्पूर्ण व्यवसाय एकै ठाउँमा हुँदा व्यवस्थापनमा केही समस्या आएको बताए।

पर्यटन विकासका लागि संघीय सरकार र प्रदेश सरकारलेसमेत पोखराको लेकसाइड २४ सै घण्टा खोल्नुपर्ने बारे बहस चलाएका छन्। गण्डकी प्रदेश सरकारले पर्यटनलाई नै समृद्धिको मुख्य आधार मानेर विकासका योजना अघि सारेको छ।

तस्बिर ः कृष्णमणि बरा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.