पोखरामा गाईजात्रा महोत्सव : फेसन शोदेखि देउराली व्याण्डको प्रस्तुतिसम्म

पोखरा : पोखरामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरु भएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाइन्छ। नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रबार देखि गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता सुरु भएको हो।
गाईजात्रा महोत्सवमा नेवारी सांस्कृतिक नृत्य, बाजा, तथा सांस्कृतिक कार्यक्रम भइरहेको छ। लाइभ कन्र्सटअन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक बुद्धराज बुद्धाचार्यले जानकारी दिए।
प्रतियोगितामा ६ वटा महिला टोलीसहित पोखराका विभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाइभ ब्याण्डमार्फत सांगीतिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहनेसंयोजक मानकाजी माकाजुले बताए। पोखरामा ताय्मचा नाचको प्रतियोगिता गर्ने चलन २०२६ सालमा सुरु भएको हो।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको प्रतिमूर्तिलाई नगरपरिक्रमा गराउने चलन छ। गाईजात्राका दिनमा गाई अथवा वसाहा मूक्ति बनाई ताःहासा बनाई प्रमुख मन्दिर भीमसेन, गणेश, भैरव मन्दिरको दर्शन गर्ने परम्परा रहेको छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन जनतालाई आ-आप्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भनी आज्ञा दिएको भनाई छ।
यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप जात्रा सुरु भएको इतिहासमा उल्लेख रहेको छ। गाईजात्राका अवसरमा निकालिएको गाईजात्रामा तायमचा नृत्य प्रस्तुत गरिँदै।
प्रतिक्रिया दिनुहोस !
