'समाजवादी पार्टी हात्तीछाप चप्पल होइन'

पोखरा : समाजवादी पार्टी का केन्द्रीय कमिटीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी पाटी हात्तीछाप चप्पल नभएको बताएका छन् । पोखरामा शुक्रबार भएको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले भने, 'समाजवादी पाटी हात्तीछाप चप्पल होइन स्वस्थ्य हात्ती जस्तै बलियो छ।'
पूर्वप्रधानमन्त्री भट्टराईले सरकार भ्रष्टाचारमा लागेको बताउँदै दुई तिहाईको सरकारले अन्तर्राष्ट्रिय स्तरमै लज्जित बनाएको बताए । डा भट्टराईले ठुला माछालाई छाडेर साना माछालाई समाएर तर्साएर अत्महत्या गर्न बाध्य पारिँदै गरेको पनि उल्लेख गरे।
नेपाल कम्युनिष्ट पाटी र नेपाली कांग्रेस कोकाकोला र पेप्सी जस्ता ब्राण्ड मात्रै रहेको तर स्वाद एउटै भएकोले शुसासन र समृद्धि समाजवादी पार्टीबाट मात्र सम्भव भएको धारणा राखे । भ्रष्टचार र कमिसनतन्त्र अन्त्य गर्न सके मात्र देश समृद्धिको यात्रामा जान सक्ने बताउँदै समाजवादी पार्टीबाट मात्र त्यो सम्भव रहेको उनले बताए।
उनले उपचार गर्न विदेश जाने प्रवृतिलाई व्यंग्य गर्दै भने, ' उपचार गर्न सिंगापुर जाने होइन यहाँकै अस्पताललाई सुविधासम्पन्न बनाए मात्र समृद्ध नेपाल बन्न सक्छ ।'
उनले नेपाल जस्तो सुन्दर देशबाट छुट्टी मनाउन खाडी मुलकको भ्रमण गर्दैमा समृद्धि नआउने पनि बताए ।
समाजवादी पाटीका केन्द्रीय कमिटीका अध्यक्ष तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले संविधान संसोधन नगर्ने र जवरजस्ती यथास्थितीमा मुलुकलाई राख्ने हो भने आप्नो पार्टी सरकारमा रही रहनुको अर्थ नहुने बताएका छन् । आप्नो पाटीले भन्दै आए अनुसार सरकारले संविधान संसाधन नगरे सडक र संसदबाट संघर्स गर्ने उनले बताए।
जातीय असमानता र विवेदको अन्त्य गर्नु पर्ने, महिला र बालबालिका माथि हुँदै आएको हिंसा र विभेदको अन्त्य, भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य हुनसके मात्र देशको अर्थतन्त्रको विकास हुने उनले बताए।
४३ वर्षअघि नेपालबाट धान लग्ने देश अहिले समृद्ध भएका छन् । हाम्रो देशका युवा रोजगारीका लागि विदेश पलायन हुनु पर्ने, विदेशसंग मागेर हिँड्नु पर्ने अवस्था रहेको उनले सुनाए । विकास र समृद्धिको यात्रामा देशलाई लान र युवा विदेश पलायन हुनबाट रोक्न रोजगारका अवसर सृजना गर्नु पर्नेमा उनले जोड दिए।
प्रतिक्रिया दिनुहोस !
