चार लेनको सडकमा दुई लेनको पुल, त्यसैमा पनि खाल्टैखाल्टा

चार लेनको सडकमा दुई लेनको पुल, त्यसैमा पनि खाल्टैखाल्टा

पोखरा : पोखरा महानगरपालिकाका मुख्य सडकमा खाल्टाखुल्टी बढेको छन्। पोखराको मुख्य सडक जिरो किलो मिटरदेखि लेकसाइड हल्लन चोकसम्म सय बढी खाल्टाखुल्टी परेका छन्।

यस्तै पोखरा जिरो किलो मिटर विन्ध्यवासिनी मन्दिर खण्डको फिर्के खोला पुलको बिच सडकमै खाल्टा हुँदा सवारी चालकलाई समयस्या परेको छ। यो सडक खण्ड चार लेनको हो। तर फिर्के पुल दुई लेनको मात्र हुँदा यस क्षेत्रमा धेरै दुर्घटना पनि हुने गरेका छन्। यसैमा पनि पुलको बिचमै खाल्टा हुँदा झन धेरै समस्या पर्ने गरेको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए।

पोखरा महानगरका भित्री सडकमा पनि खाल्टै खाल्टा छन्। सडक बनाउँदा गुणस्तरीय नहुने, सडक बनाएको केही महिनामै भत्कने, ४ इन्चको 'थिकनेस' मात्रै भित्री गल्लीका सडक हुँदा ठूला गाडी चल्दा भत्कने समस्या रहेको उनले बताए। फुटपाथ बिनाको सडक समेत बन्दा फुटपाथमा हिँड्ने पैदल यात्रु मर्कामा परेका छन् उनले भने।

पुलको बिचमा खाल्टो पर्दा ठूला सवारी साधनको टारयर खाल्टामा परेर झड्का दिँदा पुलमा समेत असर गर्ने इन्जिनियर बताउँछन्। पोखराका अन्य मुख्य सडकहरूको हालत पनि उस्तै रहेको अधिकारीले बताए। पोखरा महानगरपलिकाका मेयर मानबहादुर जिसीले चुनाव जितेर आएपछि अब महानगरपालिकाका सडकका खाल्टाका कारण सवारी चालकले दुःख पाउनु नपर्ने बताएका थिए। खाल्टाखुल्टी भएको २४ घण्टामै पुरिने पनि उनले सुनाएका थिए।

पोखराका मुख्य सडक र पुलमा महिनौदेखि खाल्टा पर्दा पनि महानगरपालिका र सडक विभागले चासो नदिएको अधिकारीले बताए। पोखराको जिरो किलो मिटरदेखि हल्लन चोकसम्म तीन महिना अघिदेखि सय बढी खाल्टै खाल्टाका कारण सवारी चालकले सास्ती पाउँदा पनि महानगरपालिकाले चासो नदिएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषण गरी मनाइरहेको छ। पोखरा भ्रमणमा सवारी साधन लिएर आउने पर्यटकहरू सडकको खाल्टै खाल्टाका कारण समस्यामा परेको बरालले सुनाए।

पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगलाल सुवेदीले वर्षाअघि एक चरण सडकका खाल्टा पुर्ने काम सकिएको र वर्षापछि भएका नयाँ खाल्टा छिटै नै पुरिने बताए। यसका लागि बनाउनु पर्ने सडकको अध्ययन गरिसकेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.