करेन्ट लागेर मजदुरको मृत्यु

करेन्ट लागेर मजदुरको मृत्यु

बेनी : जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ। 

चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको बताए। घटनास्थलबाट बेनी अस्पताल पुर्‍याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव बेनी अस्प्तालमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.