फ्रेन्च राष्ट्रपतिसँग वार्ता गरिरहँदा बेलायती प्रधानमन्त्रीले टेबुलमै खुट्टा राखिदिएपछि...
लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्री हुनुभन्दा अघि अनेक विवादमा छाइराख्थे । प्रधानमन्त्री बनेपछि पनि उनी ‘एक विवादास्पद छवि भएका नेता’ को रुपमा विभिन्न मिडियाले टिप्पणी गरे ।
सार्वजनिक रुपमा उनले दिने अभिव्यक्ति र उनको जीवनशैली साथै सम्बन्धबारे पनि पटक पटक विवादमा आउने गर्थे उनी । प्रधानमन्त्री भएपछि पनि उनको यस्तै अर्को ‘हर्कत’ देखियो । हाल उनी ‘जी सेभेन’ सम्मेलनका लागि फ्रान्समा छन् ।
यस क्रममा उनले फ्रेन्च राष्ट्रपति राष्ट्रपति इमानुएल म्याँक्रोनसँग भेटवार्ता गरे । सम्मेलनअघि नै उनी इमानुएलसँग एक टेबुल गफमा थिए । अनौठो त के भयो भने इमानुएलसँग गफ गरिरहँदा उनले टेबुलमाथि नै खुट्टा राखिदिए ।
जोन्सनले टेबुलमाथि खुट्टा राख्दै देखाएको व्यवहारबारे अहिले अनेक टिप्पणी हुन थालेको छ । खासगरी सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । यस्तो तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । उनलाई धेरैले रुखो र ‘मुर्ख’ व्यवहार देखाएको भन्दै टिप्पणी गरेका छन् ।
त्यसो त, यसअघि पनि उनी यस्ता हर्कतका कारण विवादमा पर्दैआएका थिए । फ्रेन्च राष्ट्रपतिले भने जोन्सनलाई खुट्टा तल झार्न आग्रह गरेका थिए । जी ७ मुलुकको बैठकका क्रममा उनीहरु यतिबेला फ्रान्समा छन् । बिहीबारको भेटको क्रममा जोन्सनले यस्तो गतिविधि देखाएका हुन् ।