नगर निर्णय : दूधमा १५ रुपैयाँ अनुदान

नगर निर्णय : दूधमा १५ रुपैयाँ अनुदान

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई दुधमा १५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। कृषिमा व्यावसायिकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि र पशुका क्षेत्रमा लगानी बढाएको हो।

नगरपालिकाले गल्याङ नगरलाई ‘सेतो सहर’(दूधको नगर) बनाउने योजनासहित किसानमुखी बजेट एवं नीति ल्याएको हो । किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षदेखि नै नगरपालिकाले प्रतिलिटर १५ रुपैयाँ थप अनुदान दिने निर्णय गरेको हो।

नगरपालिकामा उत्पादित दूध दुई सहकारी र १२ संकलन केन्द्रमार्फत वितरण गरिन्छ। दूध संकलन केन्द्रमार्फत किसानलाई प्रतिलिटर नगरपालिकाले १५ रुपैयाँ अनुदान थप गरेर किसानलाई यसै वर्षदेखि उपलब्ध गराउने भएको नगरपालिकाले जनाएको छ। किसानलाई वर्षमा २/३ पटकगरी सो रकम भुक्तान गरिने भएको छ। किसानले दूधको गुणस्तर अनुरुप ५० देखि ६० रुपैयाँ प्रतिलिटर दूध बिक्री गर्दै आएका छन्।

चालु वर्षको अन्त्यसम्ममा नगरमा दैनिक ५ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित सेतो सहरका रुपमा विकास गर्ने नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए। नगरपालिकाले किसानलाई कृषि र पशुपालनमा व्यावसायी बनाउन खुकुलो नीति अघि बढाएको छ। हाल नगरपालिकामा दैनिक हजार लिटर दूध उत्पादन हुँदै आएको छ। 

यसमा निजी रुपमा घर घरमा लानेको संख्या भने उल्लेख छैन । उत्पादित दूध गल्याङ, वालिङ र केही मात्रामा बुटवल दुग्ध उत्पादन केन्द्रसम्म पुग्ने गरेको बताइको छ। ७५ प्रतिशत स्थानीय स्तरमा र २५ प्रतिशत बुटवल पुग्ने गरेको हो।

यहाँका पशुपालक किसानका लगानी र परिश्रम अनुरुप विभिन्न मापदण्डका आधारमा ५ तहमा वर्गीकरण गरिएको छ। उनीहरुका परिचयपत्रका आधारमा १५ लाखदेखि २५ हजार रुपैयाँसम्म नगरपालिकाले अनुदान दिने व्यवस्था गरेको नगर प्रमुख अधिकारीले जानकारी दिए। नगरपालिकाले उद्यमी, व्यवसायी, व्यवसाय उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी कृषकलाई पाँच तहमा वर्गीकरण गरेको हो।

पशु विशेष प्राथमिकता कार्यक्रम अन्‍तर्गत माउ गाई वा भैंसी ५० बढी भएमा उद्यमी, ३० देखि ५० वटासम्म भएमा व्यवसायी, १० देखि २० वटासम्म भएमा व्यवासाय उन्मुख, ५ देखि १० वटासम्म भएकोमा साना किसान र १ देखि ५ वटासम्म भएकालाई निर्वाहमुखी किसान भनी वर्गीकरण गरेर परिचयपत्र प्रदान गरिने भएको पशु सेवा शाखा प्रमुख सुशील अर्यालले बताए। ‘उद्यमीले १५ लाख, व्यवसायीले १० लाख, व्यावसाय उन्मुखले ६ लाख, साना किसानले ३ लाख र निर्वाहमुखी किसानले २५ हजार’ रुपैयाँ अनुदान पाउने उनले बताए। पूर्वाधार निर्माणमा समेत ५० प्रतिशत किसानलाई अनुदान उपलब्ध गराउने भएको छ।

‘भैंसी वा गाई खरिदका लागि किसानलाई ९ प्रतिशत व्याजमा ऋण लगानीको पनि नगरले व्यवस्था मिलाएको छ भने त्यो मध्ये ४ प्रतिशत नगरपालिकाले व्यहोर्ने भएको छ।’ नगर प्रमुख अधिकारीले भने, ‘गोठ निर्माणमा तथा मेसिन खरिदमा ५० प्रतिशत अनुदान दिने भएको हो। किसानका लागि निशुल्क वीमाको व्यवस्था गरेको छ।’

हालसम्म नगरभित्र के कति दुधालु पशु छन्। तिनको तथ्यांक छैन। पशुपालक व्यावसायिक किसान भने २० रहेको र झण्डै ४ सय जनाले दूध व्यवसाय गर्दे आएको शाखाले जनाएको छ। वर्षमा १ सय २० पुर्याउने नगरको लक्ष्य छ। यसवर्ष ४ सय होलस्टेन र जर्सी जातका उन्नत गाई भित्र्याउने नगरपालिकाको योजना छ। घाँसपात र पराल प्रशस्त भएका कारण गल्याङ् नगरपालिकामा पशुचौपाया पाल्नका लागि दुःख नरहेको पशु शाखा प्रमुख अर्यालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.