पोखरामा पृथ्वीनारायण शाहदेखि हलिउडको छनकसम्म (फोटो फिचर)

पोखरामा पृथ्वीनारायण शाहदेखि हलिउडको छनकसम्म (फोटो फिचर)

पोखरा : पर्यटकले अब ‘पोखरा’ लेखिएको डाँडालाई पृष्ठभूमि बनाएर फोटो खिच्न पाउने भएका छन्। पोखरा महानगरपालिकाले सराङकोटको मेथलाङमा निर्माण गरिरहेको राष्ट्रिय विभूति तथा शहिद पार्क आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ। 

अमेरिकाको हलिउडमा पुग्ने पुग्ने जो कोहीले पनि ‘हलिउड’ लेखिएको डाँडाको पृष्ठभूमिमा फोटो खिच्छन्। नवनिर्मित पोखराको शहिद पार्कमा पनि हलिउडकै छनक दिन खोजिएको छ। उक्त पार्कको डाँडामा ‘पोखरा’ लेखेर शहर सजिलै देखिने बनाइँदैछ। 

पार्कमा नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहदेखि अन्य सहिदहरुका कलात्मक शालिक राख्न थालिएको छ। पार्कमा पृथ्वीनारायण शाहको ६ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक राखिसकिएको हो। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल, जनआन्दोलन २०६२/०६३ का प्रथम शहिद भीमसेन दाहालको कलात्मक अर्धकलको शालिक पनि पार्कमा राखिसकिएको छ। विभूति पार्कमा पूर्वप्रधानमन्त्री बीपी कोइराला, भीसेन थापा, शहिद हरि गुरुङ, सहिद योगेन्द्रमान शेरचन, सहिद लखन थापा, लगायत शहिद तथा राष्ट्रिय विभूतिहरुको शालिक राखिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए। 

पार्कमा हेलिकोप्टरमा दुर्घटनामा परेका पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको अर्धकदको शालिक पनि राखिने उनले बताए। पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक जनआन्दोलन २०६२÷०६३ का क्रममा तत्कालीन माओवादीका कार्यकर्ताले तोडफोड गरेका थिए । पोखराको बिरौटामा रहेको पूर्वराजा वीरेन्द्र, लगायत विभिन्न ठाउँका तत्कालीन राजाका शालिक पनि तोडफोड भएका थिए। 

पार्कबाट अन्नपूर्ण हिमाल, पोखरा बजार र फेवातालको अवलोकन गर्न सकिन्छ। त्यसैले पनि पार्कमा अहिलेदेखि नै स्वदेशी पर्यटक जान थालेका छन्। विभूति शहिद पार्क निर्माणका लागि यस वर्ष महानगरपालिकाले एक करोड रुपैयाँ छुट्याइएको छ। 

पार्कमा सेमिनार हल, बालउद्यान, पृथ्वीनारायण शाह ब्लक लगायत विभिन्न विभूतिहरुको ब्लक निर्माण गरिने छ। विभूति पार्क दुई वर्षभित्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने गरि निर्माण सम्पन्न हुने काम थालिएको हो। पार्कसम्म पुग्न कालेपत्रे सडक निर्माण भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.