योगा गरिरहेकी युवती ६ तलाबाट खसेपछि...
मेक्सिको : मेक्सिकोस्थित एक युवती ८० फिट माथिबाट खसेपछि पनि बाँच्न सफल भएकी छन् ।
योगा गर्ने क्रममा एलेक्सा तेराजा नाम गरेकी ती युवती बाल्कोनीबाट खसेकी थिइन् । सान पेद्रोस्थित अपार्टमेन्टको छैटौँ तलाको बाल्कोनीबाट उनी खसेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
२३ वर्षीया युवती योगा गर्ने क्रममा स्टन्ट गरिरहँदा खसेको डेली मेलले समाचार तयार पारेको छ ।