पर्यटकीय बस्ती घोडेपानीमा सडक

पर्यटकीय बस्ती घोडेपानीमा सडक

बेनी : अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा सडक यातायात पुगेको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने सडक निर्माण भएको हो।

प्रदेशको ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा पाँच किलोमिटर सडकको ट्रयाक (मार्ग) निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले बताए। प्रदेश पूर्वाधार विकास कार्यालयले ५३ लाख ४० हजार रुपैयाँ लागत अनुमान गरे पनि जन श्रमदानसहित ३६ लाख ३८ हजार रुपैयाँमा लक्षित सडक निर्माण गरेको उनले बताए। सात मिटर फराकिलो सडकमा बुधबारदेखि यातायातका साधन चल्न थालेका हुन्।

घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवत जावत, ढुवानी र निकासीमा सहज भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म यसअघिनै सडक निर्माण भएको थियो। घोडेपानीमा ढुवानीका लागि घोडा, खच्चड र भरियामा निर्भर हुनुपर्ने थियो। दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा बढी खर्च हुन्थ्यो।

समाजको आवश्यकताले पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरी सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने योजना छ। कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाँटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ। उल्लेरीदेखि घोडेपानीको दूरी करिब १५ किलोमिटर छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित आयोजना सञ्चालन गरेको छ। घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो।

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय,हिम श्रृंखला, गुँरासे जंगलको दृष्य अवलोकनका लागि प्रसिद्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.