कसरी भयो एटीएम ह्‍याक ? राष्ट्र बैंकले थाल्यो अनुसन्धान

कसरी भयो एटीएम ह्‍याक ? राष्ट्र बैंकले थाल्यो अनुसन्धान

काठमाडौं : राजधानीमा एटीएम ह्याक गरी पैसा निकाल्ने गिरोह सक्रिय रहेको खुलेपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले राष्ट्र बैंकले अनुसन्धान थालेको जानकारी दिँदै आइतबार साँझसम्म प्रारम्भिक निष्कर्षमा पुग्ने बताए।

'हामी यो विषयमा अनुसन्धान थालिसकेका छौँ', प्रवक्ता निरौलाले भने, 'अहिलेसम्म बैंकको सिस्टममा खतरा पुगेको छैन, एटीएम मेसिनको सफ्टवेयरमा मात्र ह्याकरले आक्रमण गरेका हुन्।'  

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार साँझसम्म छानबिनको प्रारम्भिक निष्कर्ष ल्याउने उनले बताए। 'त्यसपछिमात्र यसबारेमा केही भन्न सक्छौँ', उनले भने, 'बैंकहरूका सिस्टम सुरक्षित छन्, एटीएमको सफ्टवेयरमा आक्रमण हो, बैंकको सिस्टममा होइन।'

प्रहरीले शनिबार राति दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्दै गरेका पाँच चिनियाँ पक्राउ गरेपछि यो गिरोहबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।

चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 

पक्राउ परेका चिनियाँबाट प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार भन्दा बढी अमेरिकी डलर बरामद गरेको छ।

शुक्रबार मात्रै नेपाल आएको यो गिरोहले ठूलो रकम लैजाने खतरा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.