म्याग्दीमा जिप दुर्घटना चार घाइते

म्याग्दीमा जिप दुर्घटना चार घाइते

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-३ बरखर्कमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा जलविद्युत आयोजनाका इञ्जिनियरसहित चार जना घाइते भएका छन्। 

राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ को सुरुङबाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको जिप दुर्घटना भएको हो।  मंगला गाउँपालिका-५ अर्मनका ओमबहादुर पुन  र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।  

उनका अनुसार सिभिल इन्जिनियर विसन घिसिङ र शैलेस शाक्यलाई पनि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गर्ने तयारी भएको छ। आयोजनाले भाडामा लिएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उद्धार गरका थिए। 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.