इलाममा ट्रक दुर्घटना : दुईको घटनास्थलमै मृत्यु, दुई जना घाइते

इलाममा ट्रक दुर्घटना : दुईको घटनास्थलमै मृत्यु, दुई जना घाइते

दमक  :  इलामबाट झापातर्फ आउँदै गरेको मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे रोङ–१ शान्तिपुरबाट मेची राजमार्गतर्फ बाँस बोकेर आउँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापा दमक–५ का ध्रुब कार्की रहेको प्रहरीले जनाएको छ । मृतकको भाउजुले प्रहरीलाई फोन गरेर ट्रकको चालक मेरो देवर हो भनेका आधारमा उनको पहिचान गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उनको शव गाडि मुनी किचिएको अवस्थामा शनिबार बिहान फेला परेको थियो ।

दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको राईले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.