सजावटमा मौलिकता

सजावटमा मौलिकता

घर होस् वा अफिस, सजावट सबैलाई चाहिन्छ। बदलिँदो जीवनशैलीसँगै सजावटको शैली पृथकता आएको छ। अहिले घर या अफिसमा पुरातन शैलीमा फर्निचर राख्दैमा सजावटको संकल्प मेटिदैन।

सजावटको विशेष अभिरुचि र बढ्दो मागसँगै फर्निसिङ तथा इन्टेरियर डिजाइनिङसँग सम्बन्धित कम्पनीले परामर्श प्रदान गर्ने चलन बाक्लिन थालेको छ। ग्राहकको ध्यान केन्द्रित गर्न सिर्जनशीन हुनैपर्ने डिजाइनर बताउँछन्।

पछिल्लो समय ग्राहक इन्टेरियर डिजाइनमा पनि मौलिकता खोज्ने गरेको उनीहरूबताउँछन्। गार्गी डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक सुवास अधिकारी बताउँछन्। डिजाइनिङमा गाउँघरको झल्को दिने किसिमका स्थानीय सामग्रीको प्रयोग बढेको छ। पराल, गुन्द्री, खोपा, कमेरोले लिपेजस्तो देखिने भित्तालगायत विभिन्न सामग्री डिजाइनका लागि धेरैको रोजाइमा पर्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले मानिसलाई मौलिकतामा बढी रुचि छ। आरसीसी बिल्डिङमा पनि पुरानो जमानामा प्रयोग हुने काठको घर जस्तै कोठा बनाउन खोज्छन्।’ डिजाइनमा अलिकति प्रकृतिको समेत मिसवाट भयो भने कोठाको रौनक नै फेरिने उनी बताउँछन्।

पछिल्लो समय मानिसको क्रयशक्ति बढ्दै गएको छ। उपभोग क्षमतामा विस्तार र आवश्यक वस्तु विश्वका जुनसुकै कुनाबाट ल्याउन सकिने कारण अब घर र अफिसको कुशल र आकर्षक डिजाइन र सजावटमा ध्यान दिन थालिएको हेरिटेज कार्पेटका हेमराज ढकाल बताउँछन्।

उनी भन्छन्, ‘मुलुकमा राजनीतिक स्थिरता पनि छ। आयस्रोतमा भएको वृद्धिले मानिसको क्रयशक्ति बढाएको छ। यसले उनीहरूलाई धेरै खर्च गर्न सक्ने बनाएको छ। इन्टेरियर डिजाइनमा पनि उनीहरू विलासी सामग्रीको प्रयोग बढाउन थालेका छन्।

सबैमा घरलाई सुन्दर र शान्त तथा आरामदायी कसरी बनाउन सकिन्छ भन्ने चिन्ता हुन्छ। व्यस्तता, आर्थिक उपार्जनमा वृद्धि र सुन्दर बासस्थान बनाउन अहिले घरको आन्तरिक सजावटका लागि इन्टेरियर डिजाइनरलाई लिने ट्रेन्डसमेत बढ्दै गएको छ। उपलब्ध फ्लोरलाई कसरी दक्षतापूर्वक उपयोग गर्ने भन्नेमा इन्टेरियर डिजाइनरको सेवा लिने चलन छ। खर्च गरेपछि आराम, सौन्दर्यमय वातावरणको खोजी गर्दै आरामदायी जीवनशैलीका लागि मानिस खर्च गर्न हिचकिचाउँदैनन्।

ढकालका अनुसार बजारमा अहिले मानिसको सौखिनतालाई ध्यानमा राखेर नयाँ–नयाँ लक्जरियस किसिमका म्याट्रेस तथा कार्पेट प्रयोग भइरहेको छ। उनी उदाहरण दिन्छन्, स्प्रिङ म्याट्रेस, गोल्डेन, प्लाटिनम आएका छन्। उनी भन्छन्, ‘टिम्बर खालका आउथे पहिले। अहिले नयाँ आइसके। कार्पेट डबल कलर, प्रिन्ट, टक्निक आएका छन्।’

पछिल्लो समयमा मानिस आफ्नो घर बनाइसकेपछि इन्टेरियर डिजाइन खोज्ने गरेको पाइन्छ। इन्टेरियर डिजाइनरले सजाउँदा आफ्नो घरमा फ्लोरको स्पेसअनुसार राम्रो हुन थालेपछि बजारमा बढी माग हुन थालेको छ। सेवाग्राहीले आफू बस्ने कोठा मात्र नभइ किचन, बाथरुम, घरको बरन्डा, बगैंचा पनि सजाउन खोज्छन्। डिजाइनरको व्यक्तिगत घर मात्र नभई कर्पोरेट हाउस, हस्पिटल, रेस्टुराँजस्ता क्षेत्रमा पनि माग बढ्न थालेको छ।

निजी क्षेत्रको हाउजिङ क्षेत्रमा बढ्दो लगानीले इन्टेरियर डिजाइनिङको बजार समेत बढाएको छ। यस्तै समय घर निर्माणसँगै सजावटमा पनि मानिसले प्राथमिकता दिँदै गएका छन्। सजावटमा पनि इन्टेरियर डिजाइन अर्थात् आन्तरिक सजावटलाई मानिसले घर निमार्णको सबैभन्दा महŒवपूर्ण पक्षका रूपमा लिने गरेको छन्। घरका कोठामा राखिने वस्तुको उपयुक्त संयोजनका लागि मानिसले गरिरहेको लाखौं रुपैयाँ खर्चको प्रतिफल आरामदायी बसाइका लागि मात्र पक्कै होइन।

इन्टेरियर डिजाइनका लागि घर बनाउँदादेखि नै पूर्वयोजना बनाउनुपर्छ। आवश्यक डिजाइन मिलेको खण्डमा धेरै डेकोरेसनको आवश्यकता नै नपर्न सक्छ। सामानको सही व्यवस्थापन हुने गरी डिजाइन गरिएको आन्तरिक सजावटले मानिसको जीवन सहज एवं आकर्षक बन्दै गएको छ।

इन्टेरियर डिजाइनको आवश्यकता भनेका घरमा आरामदायी र आकर्षक बसोबास, सोरुममा धेरै सामान देखाउन, कार्यालयमा कर्मचारीबाट राम्रो आउटपुट निकाल्न, मलमा ग्राहकलाई आकर्षित गर्न, होटल तथा रेस्टुरेन्टमा ग्राहकलाई केही समय आराम गर्ने वातावरण सिर्जना गर्न हो। त्यसैले पनि यसलाई मानिसले रुचाएका हुन्। डिजाइनरमार्फत काम गर्नुपर्छ भन्ने सोच मानिसमा पलाएको छ। त्यसैको परिणाम कुनै बेला विलासिताको वस्तु मानिने इनटेरियर डिजाइन अब मानिसको आवश्यकता बन्न थालेको छ। सामानको सही व्यवस्थापन हुने गरी डिजाइन गरिएको आन्तरिक सजावटले मानिसको जीवनशैली सहज बन्दै गएको छ।

पराल, गुन्द्री, खोपा, कमेरोले लिपेजस्तो देखिने भित्तालगायत विभिन्न सामग्री डिजाइनका लागि धेरैको रोजाइमा पर्ने गरेको छ।

घरको आन्तरिक सजावट कस्तो गर्ने भन्ने कुराको निर्धारण घरधनीमै निर्भर हुन्छ। होइन भने डिजाइनरले सबैभन्दा पहिले घरको आकार हेर्छ। कति प्रकाश कुन ठाउँमा आवश्यक पर्छ, त्यसको अध्ययन गर्छ। त्यसपछि कुन रङ कुन स्थानमा आवस्यक पर्छ त्यसलाई प्रयोग गर्छ। यतिसम्म कि कुन रूपमा कुन उमेरका मानिस बस्ने हो, सोहीअनुसार कलर म्याच गर्छ। डिजाइनरले कोठामा घाम लाग्ने ठाउँ र हावा लाग्ने ठाउँमा पनि त्यसको आवश्यकताअनुसार डिजाइन गर्नुपर्छ। यसरी काम गर्दा सामान्य घरको एउटा किचेनको सजावट एकदेखि दुई लाखमै गर्न सकिन्छ। यदि घर निर्माण क्रममा यसलाई पनि सोचेर काम गर्ने हो भने पूरा घरको डिजाइन पाँच लाखभित्रै सम्पन्न हुन्छ।

डिजाइनरले भनेको अनावश्यक खर्चलाई कटौती गर्दै आवश्यक सामान प्रयोग गरी अरूभन्दा आकर्षक बनाउने हो। उनका अनुसार घरको बाहिर सिसैसिसा, महँगो पेन्ट्स लगाएर पनि घरलाई आकर्षक बनाउन नसकिने होइन। तर त्यो सीमित समयका लागि देखिने देखावटी आकर्षण मात्र हुन्छ। त्यसले मानिसमा कुनै फरक पार्दैन। जस्तो, कुनै एउटा महिलाको स्वरूपबाट कोही प्रभावित नहुन सक्छ, त्यसमा कुनै खोट होला। तर, उनले समाजका लागि राम्रो काम गरिरहेकी छन् भने जोकोही पनि उनको बखान गर्नबाट पछि हट्दैनन्। हो, त्यस्तै हो इन्टेरियर डिजाइन पनि। त्यसका लागि संरचनाअनुसार त्यसको आन्तरिक सजावट गर्नुपर्छ। स्पेस, कलर म्याच र लाइटलाई विशेष ध्यान दिएर डिजाइन गर्ने हो भने त्यसको प्रतिफल पनि राम्रो हुन्छ।

भनिन्छ, मानिसको बिहानीले उसको दिनको निर्धारण गर्छ। यदि उ बिहान उठ्दा घरको वातावरणमा फ्रेस हुन्छ भने उसले दिउँसो गर्ने कामको आउटपुटमा पनि ठूलो अन्तर आउँछ। त्यसैले घरको आन्तरिक सजावट गर्दा आफूलाई अनुकूल वातावरण सिर्जना गर्न सक्ने खालको डिजाइन गर्नुपर्छ। उनका अनुसार छरछिमेकी, आफन्तको भन्दा आफ्नो घर राम्रो होस् भन्ने चाहनाले पनि घरको आन्तरिक सजावटमा लगानी गर्ने ट्रेन्ड बढ्दो छ। कतिपय विदेश गएर आएका मानिसले त्यहाँको सिको सिकेर यसलाई आफैले उपयोग गर्ने गरेका पनि छन्। तर विदेशमा देखिएका आकर्षक डिजाइन यहाँ म्याच नहुन पनि सक्छन्। यसका लागि सबै कुराको संयोग मिल्नुपर्छ।

इन्टेरियर डिजाइनमा प्रयोग हुने भनेको कलर, मार्बल, ल्यामिनेट फ्लोरिङ, कार्पेट नै प्रयोग हुन्। किचेनमा कोटा स्टोन, दराजमा प्लाइ, बेडरुममा सिलिङ बत्ती, प्लाइका बेड, कार्पेट, ल्यामिनेट फ्लोरिङको हो। घर निर्माण गर्ने इन्जिनियरले पनि इन्टेरियर डिजाइनरसँग सहकार्य गर्ने थालेका छन्। विशेष गरी सोरुम, घर र बिल्डिङको डिजाइन गर्न मानिसले डिजाइनरसँग सल्लाह लिने क्रम बढेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.