‘सरकार कांग्रेसले दाइजो दिएको होइन’

‘सरकार कांग्रेसले दाइजो दिएको होइन’

विराटनगर : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्। विराटनगरका पत्रकारसँग बोल्दै बाँस्कोटाले कांग्रेसले सरकार नै व्यवस्था विरोधी भएको आरोप लगाएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्। ‘नेकपाको सरकार निर्वाचित हो’, उनले कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘कसैले दाइजो दिएको होइन।’ 

उनले नेकपालाई जनताले देश चलाउने म्यान्डेट दिएको बताए। ‘जनताले नेकपालाई देश चलाउने म्याण्डेट दिएका छन्’, उनले भने, ‘निर्वाचनका प्रतिबद्धता पूरा  गर्न नेकपाले आफ्नै योजनामा सरकार चलाउँछ। कांग्रेसको एजेण्डा बोकेर हिँड्छ र ?’
 

उनले जनताले पत्याएको पार्टी भएकोले चुनावमा गरेको बाचा नेकपाको सरकारले पूरा गर्ने दाबी गरे। पेट्रोलियम पाइपलाइन विस्तारदेखि रेलमार्गबारे छिमेकी मुलुकसँग गरिएका द्धिपक्षीय सहमतिले देशमा विकासको ढोका खुलेको जिकिर गरे।  

मन्त्री बाँस्कोटाले कुनै पनि शक्तिले व्यवस्था ढाल्न नसक्ने दाबी गरे। ‘जनताले लडेर ल्याएको व्यवस्था जनता स्वयम्ले रक्षा गर्छन्, कुनै पनि व्यक्ति र परिवारले राज्य चलाउने कुरा धेरै पुरानो भइसक्यो’, उनले भने। 

बाँस्कोटाले सरकारले विदेशी शक्तिसँगको सम्बन्ध सन्तुलित बनाएर अघि जाने नीति अख्तियारी गरेको बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.