प्रदेश २ कतै अलमल, कतै विरोध

प्रदेश २ कतै अलमल, कतै विरोध

जनकपुरधाम : प्रदेश २ मा संविधान दिवस मनाउन औपचारिकता मात्र निर्वाह गरिने भएको छ। जुन संविधानको शपथ खाएर सरकार गठन गरिएको हो सो संविधान जारी भएको मितिलाई कालो दिनका रूपमा मनाउन प्रदेशका मन्त्रीले तयारी गरेका छन्।

सत्तासाक्षेदार दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच संविधान दिवस मनाउने विषयमा मतभिन्नता छ। दिवस मनाउनकै लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ। समितिले तीनदिने कार्यक्रम पनि तय गरेको छ।

पहिलो दिन बिहीबार जनकपुरधामको जिरोमाइल चोकदेखि बसपार्कसम्म सरससफाइ गर्दै डेंगु रोग नियन्त्रणबारे जनचेतना फैलाउने कार्यक्रम गरियो। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री वा कुनै पनि मन्त्री सहभागी भएनन्। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

असोज ३ गते बिहान जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी कार्यक्रम तय गरिएको छ। असोज ४ गते मधेस भवन परिसरभित्र सरसफाइ र वृक्षरोपण गरिनेछ। तीनै दिन साँझ प्रदेशभरि दीपावली मनाइने मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीले बताए।

भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संविधान दिवसमा विरोधका कार्यक्रम गरी कालो दिवस मनाउने बताएका छन्। ‘हामी प्रदेशभर विरोधका कार्यक्रम गरी कालो दिवस मनाउने छौं’, मन्त्री सोनलले भने, ‘संविधान संशोधन भई मधेसी जनताको अधिकार सुनिश्चित नभएसम्म हाम्रा लागि असोज ३ कालो दिन रहनेछ।’ राजपा नेपालले संविधान दिवसका दिन राति ७ बजे देखि १५ मिनेट ब्ल्याक आउट गर्ने कार्यक्रम राखेको छ।

समाजवादी पार्टीले भने दिवसको अवसरमा मौन बस्ने भएको छ। समाजवादी पार्टीबाट प्रदेश सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा काननुमन्त्री ज्ञानेन्द्र यादवले संविधानमा विभिन्न बुँदा सच्याउन संशोधन नभएसम्म औपचारिक कार्यक्रममा सहभागी नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.