सम्बन्ध विच्छेदले बालबालिका जोखिममा

सम्बन्ध विच्छेदले बालबालिका जोखिममा

सल्यान : शारदा नगरपालिका-२ का १० वर्षीय एक बालक तीन महिना अघिसम्म घरमा आमाबुवासहित दाजुभाइसँग बस्थे। तर गत असारमा आमाबुबाबीच सम्बन्ध विच्छेद भएपछि उनी खलंगामा एक बस्नेत परिवारसँग बस्छन्।आमाबुबाको सम्बन्ध विच्छेदपछि उनका १३ वर्षीय दाजुसमेत नेपालगञ्जस्थित आफन्तको संरक्षणमा छन्। उनले भने, ‘दिनमा आफन्तकै घरमा सजिलो लाग्छ, तर राति भएपछि आमाबुवाको यादले सताउँछ।’

यो प्रतिनिधि घटना मात्रै हो। जिल्लामा लुकेका यस्ता धेरै घटना छन्। केही वर्षयता जिल्लामा सम्बन्ध विच्छेदका घटना बढेसँंगै बालबालिका जोखिममा पर्दै आएका छन्।
आमाबुबाको सम्बन्ध विच्छेदपछि कतिपय बालबालिकाले सानै उमेरमा कक्षा छोड्नु परेको छ। कतिपयले घरपरिवार नै छोडेर आफन्तसम्म पुग्ने र उतैबाट कामका लागि हिँडेर अलपत्र पर्ने गरेका छन्। अधिकांश सम्बन्ध विच्छेद कम उमेरमा विवाह गर्नु, वैवाहिक जीवनमा आउने कठिन परिस्थितिको सामना गर्न नसक्नुजस्ता छन्। तर यसले सम्बन्ध विच्छेद गरेर जाने आमाबुबाभन्दा उनका छोराछोरी बढी जोखिममा पर्ने गरेको पाइन्छ।

पत्नी घरमा नबसेको, परपुरुषसँग सम्बन्ध राखेको, विभिन्न कारणले झै झगडा गरेकोजस्ता आरोप लगाउँदै पुरुषले सम्बन्ध विच्छेद हुने गरेका छन्।

कपुरकोट गाउँपालिकाकी तारा बुढामगरले विवाहपछि श्रीमान् वैदेशिक रोजगारीमा गएर सम्पर्कमा नआई अर्कै बिहे गरेर बसेपछि आफूले सम्बन्ध विच्छेद गर्नु परेको बताइन्। जिल्ला अदालत सल्यानका अनुसार पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेदका मुद्दाको चाप बढ्दै गएको छ। अदालतको तथ्यांकमा गत आर्थिक वर्षमा मात्रै दुई सय ९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। गत वर्ष भदौ १ गतेदेखि लागू भएको देवानी संहिताअनुसार पुरुषले पनि मुद्दा दर्ता गर्न पाउने व्यवस्थापछि सम्बन्ध विच्छेदका मुद्दा बढेका हुन्।

ग्रामीण क्षेत्रमा अझै पनि छोरीबुहारीबीचको विभेदले समेत सम्बन्ध विच्छेद हुने गरेको अधिवक्ता सिपी वलीले बताए। अभिभावकको सम्बन्ध विच्छेदले बालबालिकाको भविष्यमा असर पर्दै गएको उनको भनाइ छ। अधिवक्ता विष्णु शर्माले सम्बन्ध–विच्छेदका कारण पुरुषभन्दा महिला र बालबालिका पीडित भएको तर्क गरिन्। सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी, गरिबी र प्रलोभनका कारण जिल्लामा सम्बन्ध विच्छेद बढी हुने गरेका छन्।

जिल्ला अदालतका तहसिलदार हरिबहादुर राम्जाका अनुसार चालु आर्थिक वर्षको हालसम्म १० जना महिला र सातजना पुरुष गरी १७ जनाले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। पत्नी घरमा नबसेको, परपुरुषसँग सम्बन्ध राखेको, विभिन्न कारणले झै झगडा गरेको जस्ता आरोप लगाउँदै पुरुषले सम्बन्ध विच्छेद गरेको उनको भनाइ छ। यसरी आउने मुद्दामध्ये अधिकांश फैसला भइसकेको र केही मेलमिलापको आधारमा टुंग्याइएको अदालतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.