पुराना पत्रकार सुमनको निधन

पुराना पत्रकार सुमनको निधन

राजविराज : सप्तरीका पुराना पत्रकार हजारीप्रसाद सुमनको निधन भएको छ। मुटु रोगका विरामी सुमनको आइतबार ७७ वर्षको उमेरमा निधन भएको हो।

सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित घरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। पत्रकारिता र मानविकी विषयमा स्नातक गरेका सुमन विस २०२९ सालदेखि तीन वर्षसम्म राष्ट्रिय समाचार समिति सप्तरीका संवाददाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष धिरेन्द्रप्रसाद साहले बताए।

नेपाल पत्रकार महासंघ सप्तरीले भारदहमा २०६९ पुस १३ गते आयोजना गरेको महासंघ सप्तरीको वार्षिक साधारण सभामा उनी सम्मानित भएका थिए। विस २०१७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध सुमन २०४९ सालमा बरमझिया गाविसको अध्यक्षमा निर्वाचित थिए। 

२०५२/०५३ सालमा कांग्रेसको महासमिति सदस्य एवं जिल्ला समिति सदस्य समेत रहेका सुमन २०२४ सालदेखि पटकपटक जेलसमेत परेको पूर्वसंचार मन्त्री जयप्रकाश आनन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.