इन्जिनियर हत्या आरोपितलाई कैद

इन्जिनियर हत्या आरोपितलाई कैद

राजविराज : इन्जिनिय हत्याको आरोपमा चारजनालाई जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ। सप्तरीको राजविराज नगरपालिका–६ का इन्जिनियर हरिनारायण देवको हत्या आरोपमा अदालतले चार जनालाई कैद सजाय तोकेको हो। 

कैद सजाय पाउनेहरुमध्ये महादेवा गाउँपालिका–१ का हरेराम यादवलाई ५ वर्ष तथा छिन्नमस्ता गाउँपालिका–४ का अजित सिंह (अजय यादव), अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का श्रीप्रसाद मण्डल र अविनाश भनिने उपेन्द्र यादवलाई एक-एक वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ।

मार्ने संयोग पारिदिने कसूर गरेकोले हरेरामलाई ५ वर्ष र संलग्नताको मात्रा समेतलाई दृष्टिगत गरी मतलबीको भूमिका निर्वाह गरेको ठहर गर्दै अन्य ३ जनालाई जनही एक वर्ष कैद सजायको फैसला गरेको जिल्ला न्यायाधीश उमेश कोइरालाले बताए। 

यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का गंगाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिकाका दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो। 

बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि नजिकै रहेको राजविराज–६ स्थित घरतर्फ आइरहेका इन्जिनियर देवलाई घर नजिकै ०६७ पुस १३ गते साँझ गोली हानेका थिए। अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको थियो। मृतक देव राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवका दाजु हुन्। 

जिल्ला अदालतले ०७१ फागुन ११ गते अजय, श्रीप्रसाद र उपेन्द्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेकोमा श्रीप्रसाद २०७५ मंसिर ५ गते पक्राउ परेपछि मुद्दा दायर भएको थियो। जसमा जिल्ला अदालतले ५० हजार धरौटीमा पुर्पक्षका लागि मण्डललाई रिहा गर्‍यो भने अजय र उपेन्द्रका नाममा वारेन्ट जारी गर्‍यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.