हेडमास्टरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
विद्यालयका लेखापाल (मावि तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बिसीले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भइ रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग डेढ लाख घुस लिँदालिँदै पक्राउ परेका थिए ।
अनुसन्धानको क्रममा प्रधानाध्यापक काफ्ले, लेखापाल पराजुली र सहायक प्रधानाध्यापक बिसीले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न पश्चात मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन जरिवाना तथा कैद सजाय हुन मागदावीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ ।