अफिमसहित दुई पक्राउ

अफिमसहित दुई पक्राउ

रुकुम : लागुऔषध अफिमसहित रुकुमपूर्वमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

जिल्लाको भूमे गाउँपालिका– ५ बालुवाबाट आठ किलो दुई सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–८ का २६ वर्षीय जीवन भन्ने सुशन बोहरा र सिस्ने गाउँपालिका ५ घर भई हाल भूमे ५ बस्दै आएका ४८ वर्षीय यज्ञबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

 
उनका अनुसार खत्रीको घरमा बोराभित्र राखेर डेक्चेमा लुकाई राखेको विशेष सूचनाको आधारमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । बुधबार राति पक्राउ परेकाहरूलाई बिहीबार सार्वजानिक गरिएको छ ।
  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.