पर्यटन विकासमा स्थानीय सरकार

पर्यटन विकासमा स्थानीय सरकार

टीकाराम खनाल, रुकुम : ५२ पोखरी ५३ टाकुरीको नामबाट परिचित रुकुम जिल्लामा विभिन्न पर्यटकीय क्षेत्र छन्। यहाँका पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीय सरकारले समेत अभियान थालेका छन्। कर्णाली प्रदेश सरकारले यहाँका विभिन्न पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ।

प्रदेश सरकारले सूचीकृत गरेको एउटा पर्यटकीय क्षेत्र हो स्यार्पुताल। जिल्लाको उत्तरदक्षिण भागमा रहेको बाँफिकोट गाउँपालिका ३ र ५ नम्बर वडामा फैलिएको यो ताल कर्णालीका उत्कृष्ट १० पर्यटकीय क्षेत्रभित्र पर्छ। २ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल मान्छे सुतेको जस्तो आकृतिमा फैलिएको छ।

चारैतिर हरियाली डाँडापाखाका साथै रमणीय गाउँको बीचमा निलो सुन्दर पानीबाट बनेको यो तालमा पुग्ने जोकोहीलाई पनि आकर्षित गर्छ।

यसको प्रचारप्रसार गरेर पर्यटकीय क्षेत्रको रूपमा अझै विकास गर्न यस वर्ष पर्यटन मेला सञ्चालन गरिने भएको छ। गाउँपालिकाले असोज ११ देखि १५ गतेसम्म पर्यटन मेला सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए। यस क्षेत्रको पर्यटक विकास गरेर यहाँका नागरिकको आर्थिक जिवनस्तरमा सुधार ल्याउन पर्यटन मेला सञ्चालनको तयारी गरिएको उनको भनाइ छ।

यो ताल भ्रमण गर्न आउने पर्यटकलाई लक्ष्य गरी एउटा होमस्टे नै सञ्चालन गरिएको छ। पर्यटन मेलापछि थप ६ वटा होमस्टे सञ्चालन गरिने गाउँपालिका अध्यक्ष केसीले बताए। ‘यहाँ आउने पर्यटकलाई बास बस्न कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले हामी होमस्टे सञ्चालन गर्ने तयारीमा छौं’, उनले भने, ‘अहिले एउटा सञ्चालनमा छ तर त्यसले नपुग्ने भएपछि आफ्नै आधुनिक भवन निर्माण सुविधा सम्पन्न होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ।’

यहाँको वरिपरि रहेका गाउँसम्मै स्यार्पूतालको पानी पुगेको छ। पारिपट्टिको दहगाउँ, वारिपट्टिको स्यार्पूगाउँको आँगनसम्मै स्यार्पूताल पुगेको छ। डम्म भरिएको स्यार्पूतालमा र्‍याफ्टिङ गर्न पछिल्लो समय पर्यटक यहाँ आउने गरेका छन्। प्रचारप्रसारको अभावले यस तालको सोचेअनुसार विकास हुन नसकेको स्थानीय गोपाल केसीले बताए।

तालको पूरै दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिएको छ। भ्यूटावरबाट स्यार्पूतालको दृश्य अझ मनमोहक देखिने गरेको केसीको भनाइ छ। तालमा र्‍याफ्टिङ गर्दा माछाका भुुरा सल्बलाउँदै गरेको मनमोहक तथा रमाइलो दृश्य देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.