इरफानलाई युथ अवार्ड
काठमाडौं : नेपाली युवा मोहम्मद इरफान नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मानित भएका छन् । युवा उद्यम र सशक्तीकरणका क्षेत्रमा क्रियाशील इरफानलाई भारतस्थित इन्टरनेशनल युथ कमिटिले उक्त अवार्डबाट सम्मानित गरेको हो ।
नयाँ दिल्लीस्थित कन्स्टिच्युसनल क्लब अफ इण्डियामा आयोजित विश्व युवा सम्मेलनमा इन्टरनेशनल युथ कमिटिका अध्यक्ष जयन्त पात्राले इरफानलाई सम्मानपत्र सहित सम्मानित गरेका थिए ।
यसअघि भारतीय युवाहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको कमिटीले यस वर्षदेखि विदेशी नागरिकलाई पनि अवार्डबाट सम्मानित गर्न थालेको हो । इरफानलाई गत महिना मालदिभ्स सरकारको युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल युथ पिस एम्बासडरको पदवी प्रदान गरेको थियो ।